२९ माघ २०८२, बिहिबार | February 12, 2026

यसरी बन्यो जलवायु मुद्दा



काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप २६ बेलायतको स्कटल्यान्डस्थित ग्लास्गोमा आइतबार सुरु हुँदैछ ।

विश्वभरका विकसितदेखि विकासोन्मुख र अल्पविकसित राष्ट्रका शीर्ष नेतृत्व र प्रतिनिधिले यो सम्मेलनमा सहभागिता जनाउँदै छन् । उनीहरूले जलवायु परिवर्तनका विविध आयाममा छलफल गर्नेछन् । जोखिम न्यूनीकरण गर्ने उपाय खोज्नेछन् ।

जलवायु परिवर्तनलाई मानव जातिले सामना गर्ने सबैभन्दा ठूलो समस्याका रूपमा लिइएको छ। यसले हावापानी र मौसमको ढाँचामा दीर्घकालीन परिवर्तन गर्छ। मानव गतिविधिले हाम्रो ग्रहको मौसम परिवर्तन गर्न सक्छ भन्ने वैज्ञानिकको दाबीमा एक शताब्दीको अनुसन्धानपछि मात्र विश्वस्त हुन थालेको पाइन्छ ।

यससम्बन्धी वैज्ञानिक खोजको इतिहास १९ औं शताब्दीको सुरु तिरको हो। सन् १८२० मा फ्रान्सेली वैज्ञानिक जोसेफ फोरियरले सूर्यबाट पृथ्वीको दूरीलाई ध्यानमा राख्दै पृथ्वी जति न्यानो छ त्यति हुनुहुँदैन भन्ने निष्कर्ष निकाले । उनले यस ग्रहलाई न्यानो राख्न सौर्य विकिरणबाहेक अन्य केही तत्वले भूमिका खेलेको हुनुपर्ने भन्ने दाबी गरे । वायुमण्डलले यसमा महत्वपूर्ण भूमिका निभाएको पत्ता लगाए । फोरियरले मानव गतिविधिले जलवायु परिवर्तनलाई प्रभाव पार्न सक्ने शंका गरे । यसलाई प्रायः ‘हरितगृह प्रभाव’ भनेर चिनिने पछिल्ला अनुसन्धानको आधार मानिन्छ ।

आइरिस भौतिकशास्त्री जोन टिन्डलले सन् १८२० देखि सन् १८९५ सम्मको अवधिमा विभिन्न ग्यासले विभिन्न मात्रामा ताप छाड्ने विषयमा अध्ययन गरे । उनले वायुमण्डलको संरचनामा भएको भिन्नता जलवायु परिवर्तनमा जिम्मेवार हुन सक्ने बताए । टिन्डलले कार्बनडाइअक्साइडले पनि तापलाई सोस्न सक्ने पत्ता लगाए ।

स्विडेनका वैज्ञानिक भान्ते एरेनियसलाई वायुमण्डलमा कार्बनडाइअक्साइड थुप्रदा यसले विश्वव्यापी तापमानमा कसरी प्रभाव पार्न सक्छ भन्ने सिद्धान्त प्रकाशन गर्ने पहिलो व्यक्ति मानिन्छ । उनको गणनाअनुसार कार्बनडाइअक्साइडलाई आधा घटाउँदा बरफ युग सुरु हुन्छ भने दोब्बर बनाउँदा यसले पृथ्वीको तापमानलाई ५ देखि ६ डिग्री सेल्सियससम्म बढाउँछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकला खड्काले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : १५ बजे

टी-२० विश्वकप : दोस्रो खेलमा नेपाल आज इटालीसँग भिड्दै

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपालले

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीका लागि प्रेस काउन्सिललाई पत्राचार

काठमाडौं । निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घनको उजुरी परेका सञ्चारमाध्यम र

निर्वाचन आउन २१ दिन बाँकी : यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका