४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ३३ हजार भन्दा बढी पुग्यो



काठमाडौ । विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३३ लाख नाघेको छ भने यसका कारण २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोही अवधिमसम्म कोरोना भाइरसका कारण विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन् । हालः विश्वका विभिन्न अस्पताल र घरमै बसेर कोरोना भाइरसको उपचार गराइरहने संक्रमितको संख्या २० लाख ३१ हजार ३ सय ९८ रहेको छ । उपचारतमध्ये ५० हजार ९ सय ४७ जनाको स्वास्थ्य गम्भीर रहेको छ भने १९ लाख ८० हजार ४ सय ५१ जनाको अवस्था सामान्य रहेको छ ।

नेपालमा हालसम्म ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १६ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्किसकेका छन् भने बाँकीको उपचार चलिरहेको छ । नेपालमा गत माघ ९ गते कोरोना भाइरसको पहिलो बिरामी देखिएका थिए ।

विश्वमा कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो । त्यसयता यो भाइरस विश्वका २ सय १ देश तक्षा क्षेत्रमा फैलिएको छ ।

पछिल्लो चार महिनाको अवधिमा अमेरिका, स्पेन, इटाली, बेलायत, फ्रान्स, जर्मनी, टर्की, रुस, इरान, ब्राजिल, चीन, क्यानाडा, बेल्जियम, नेदरल्याण्ड्स, पेरु, भारत र स्वीट्जरल्याण्ड कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित भएका छन् ।

हालसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ९५ हजार १९ जना पुगेको छ, जसमध्ये ६३ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ रहेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोना भाइरस संक्रमित २ लाख ५ हजार ४ सय ६३ पुगेको छ । यीमध्ये २७ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ । बेलायतमा १ लाख ७१ हजार २ सय ५३ कोरोना भाइरस संक्रमित रहेकोमा २६ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

फ्रान्सम कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६७ हजार १ सय ७८ पुगेको छ, जसमध्ये २४ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ । जर्मनीमा १ लाख ६३ हजार ९ जना संक्रमित रहेकोमा हालसम्म ६ हजार ६ सय २३ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख २० हजार २ सय ४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यीमध्ये ३ हजार १ सय ७४ जनाको मृत्यु भइसकेको छ ।

रुसमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ९८ पुगेको छ, जसमध्ये १ हजार ७३ जनाको मृत्यु भएको छ । इरानमा ९४ हजार ६ सय ४० जना संक्रमित संख्या पुगेको छ । यीमध्ये ६ हजार २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको