७ श्रावण २०८३, बिहिबार | July 23, 2026

राष्ट्र बैंकको निर्णय २४ घण्टा नबित्दै खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । राष्ट्र बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज तथा प्रतिबन्ध हटाएको थियो ।

सो निर्णय भएको २४ घण्टा नबित्दै राष्ट्र बैंकले पुनः यस्तो निर्णय गरेपछि केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको परिमाणात्मक बन्देज (प्रतिबन्ध) कायमै रहेको छ । राजनीतिक दल र यस्ता वस्तुको आयात–निर्यातमा संलग्न व्यवसायीहरूको दबाबमा राष्ट्र बैंकले आफ्नो निणर्य फिर्ता लिएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशन रामु पौडेलले शनिबार अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिएका हुन् ।

राष्ट्र बैंकले गरेको यस्तो निर्णयका अनुसार ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारी साधनको पैठारीमा लगाइएको बन्देजसमेत हटेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै त्यस्तो बन्देज तत्काललाई हटाएको थियो । राष्ट्र बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो ।

यसैगरी, सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालू आर्थिक वर्षका लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने भनेको थियो । त्यसैगरी, छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालू आवका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको थियो ।

राष्ट्र बैंकले निकासी पैठारी ऐन २०१३ अन्तर्गत समयसमयमा पूर्ण वा परिमाणात्मक बन्देज लगाएका वस्तुको आयात खुला गर्ने निर्णय गरेको थियो । शुक्रबार गरेको त्यस्तो व्यवस्थाअनुसार केराउ, सुपारी, मरिच र छोकडामा परिमाणात्मक बन्देका आधारमा आयात खुला हुँदै थियो । जसअनुसार राष्ट्र बैंकको भन्सार उपशीर्षक ०७१३।१०।१० को केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आर्थिक वर्ष २०७७/७८ अवधिका लागि कुल ८० हजार मेट्रिक टन परिमाण ननाघ्ने गरी आयात गर्न पाउने व्यवस्था गरेको थियो ।

सोही व्यवस्थाअनुसार भन्सार उपशीर्षक ०८०२।८०।०० र ०८०२।९०।०० को सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई आव २०७७/७८ का लागि २५ हजार मेट्रिक टन पैठारी गर्न सकिने बताएको थियो । सोही व्यवस्थाअनुसार भन्सार उपशीर्षक ०८०४।१०।०० को छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आव २०७७/७८ को अवधिका लागि ५० हजार मेट्रिक टन आयात गर्न सकिने व्यवस्था गरेको थियो ।

यसैगरी, भन्सार उपशीर्षक ०९०४।११।०० को नधुल्याएको मरिचको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएर आर्थिक वर्ष २०७७/७८ अवधिका लागि १५ हजार मेट्रिक टन परिणाम ननाघ्ने गरी विदेशबाट आयात गर्न सक्ने परिमाणात्मक बन्देज लगाइएकाले सोही व्यवस्थाअनुसार विदेशी मुद्राको सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको सो निर्देशनमा उल्लेख थियो । तर, अहिले राजनीतिक र सम्बन्धित व्यवसायीको दबाबमा परेर आफ्नो निणर्यबाट पछि हटेको सरोकारवालाको भनाइ छ । उनीहरूले कोटा पाएका व्यवसायीको भुक्तानी भएपछि सुपारी, मरिच तथा केराउको आयात रोकेको बताएका छन् । जसका लागि शुक्रबारको दिन केराउ, मरिच तथा सुपारी र मरिचमा आयात गर्न राष्ट्र बैंकले डलर सटही गर्न परिपत्र जारी गरेको उनीहरूको दाबी छ ।

कोटा पाएका व्यवसायीलाई सहज बनाउन पहिला नै अर्डर गरिएको सामान आयात गर्न डलरमा भुक्तानी दिन खुला गरे पनि राष्ट्र बैंकले शनिबार नै अर्को परिपत्र जारी गरी सुपारी, मरिच तथा केराउ आयातका लागि डलर सटही सुविधा नदिन भनेको हो । सो निणर्यसँगै ५० हजार अमेरिकी डलरभन्दा बढीको गाडी आयातसमेत रोकिएको छ । राष्ट्र बैंकले शुक्रबार गरेको निणर्यमा यस्तो कारोबारमा संलग्न व्यवसायीले स्वागत गर्नसमेत भ्याएका थिए । तर, अहिले सो निणर्य फिर्ता भएको छ ।

त्यसैगरी, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई पनि हटाएको जानकारी दिँदै राष्ट्र बैंकले सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने निर्णय शुक्रबार गरेको थियो । सो निणर्यसँगै राष्ट्र बैंकले बीउविजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था पनि गरेको छ । आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ५१ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा