१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पेश गरेको विश्वासको मतको प्रस्तावमाथि आज प्रदेश सभामा मत विभाजन हुँदै छ ।

यसका लागि आज मध्याह्न १२ः३० बजे प्रदेश सभाको बैठक बोलाइएको छ । बैठकमा मत विभाजनका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा ९एमाले० विभाजनसँगै प्रदेश १ मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनले आज विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ ।

आइतबार बसेको विपक्षी दलको बैठकले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले नयाँ मुख्यमन्त्री बनाउने तयारी रहेका छन् ।

विपक्षी गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ । आइतबार बसेको बैठकले निर्णय पनि गरिसकेको छ ।

प्रदेश १ मा विपक्षी गठबन्धनको बहुमत रहेको छ । ९२ सांसद रहेको प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्छ ।

एमालेका ४१ सांसद मात्रै छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१ जना, माओवादीका १५ जना, एकीकृत समाजवादीका १० जना, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना सांसद छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ५५ बजे

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्