१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

भीम आचार्यले बुझाए प्रदेश प्रमुखसमक्ष राजीनामा, राजेन्द्र राई नयाँ मुख्यमन्त्री बन्दै



विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख सोमनाथ प्यासीलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

आचार्यले त्यसअघि आजै बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिन लागेको जनाएका थिए । मुख्यमन्त्री बनेदेखि नै राजनीतिक रुपमा प्रदेशसभामा अल्पमतमा परेका आचार्यले गत कात्तिक ५ गते विश्वासको मत मागेका थिए । सो सम्बन्धी मतविभाजन आज हुन लागेको थियो । तर, विपक्षी गठबन्धनसँग स्पष्ट बहुमत भएको प्रष्ट भएपछि आचार्यले आज प्रदेशसभामा विश्वासको मतमाथि मतविभाजन हुनुअघि नै राजीनामा दिने घोषणा गरेका हुन् ।

गत भदौ १० गते आचार्यले मुख्यमन्त्री बनेका थिए । नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएका आचार्यले नेपाललाई छोडेर संस्थापन पक्षमा विलय भएपछि तत्कालिन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिँदै उनलाई मुख्यमन्त्री बनाएका थिए । तर, एमाले विभाजनभएसँगै आचार्यको बहुमत गुमिसकेको थियो । पार्टी विभाजनको असरका कारण आचार्यले ६८ दिनमा सरकारको नेतृत्व छोड्न बाध्य भएका छन् ।

प्रदेश १ मा अब विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । गठबन्धनका सांसदहरुको समर्थनमा राईले आजै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ३ : ४० बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय