१९ माघ २०८२, सोमबार | February 2, 2026

नवनियुक्त खेलकुद मन्त्रीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदको बधाई



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त शिक्षा,बिज्ञान,युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खाँलाई प्रदेश खेलकुद परिषद,लुम्बिनीको पदाधिकारीले मन्त्रालयमा भेट गरि कार्यकालको सफलताको शुभकामना तथा बधाई ज्ञापन गरेका छन् । परिषदका सदस्य सचिब भिम ओली सहित प्रदेश कोषाध्यक्ष कृष्ण प्रसाद देवकोटा,कार्यकारी समिति सदस्य उमा अधिकारी र रुपन्देही जिल्ला खेलकुदको अध्यक्ष मनोज गौचन सहितको टोलीले मन्त्रीलाई खादा लगाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

परिषदको टिमले यस अघि गरेको नीतिगत निर्णय, जिल्ला खेलकुद बिकास समिति, खेल सँघ, खेल गतिविधि, कर्मचारी र बजेटको अवस्था र कार्यान्वयनको बारे जानकारी गराउदै खेलकुदमा अब्बल प्रदेशको विकासमा लाग्न मन्त्री खानलाई सुझाव दिएका थिए ।

मन्त्री खानलाई बधाई ज्ञापन गर्दै सदस्य सचिव वलीले लुम्बिनी प्रदेशबाट धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन भएको भन्दै यहाँको पुर्वाधार विकासमा जोड दिन सके आगामी दिनमा खेलकुदमा प्रदेशको अग्रताले निरन्तरता पाउने विश्वास व्यक्त गरे । उनले रुपन्देही क्षेत्रलाई अबको खेल विकासमा प्राथमिकतामा राखेर अगाडी बढाउनुपर्ने भन्दै यसमा मन्त्रालयबाट आवश्यक पहल गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रममा मन्त्रीखांन ले खेलकुद क्षेत्रमा गरिएको लगानीबाट नागरिकलाई स्वस्थ रहने टेवा पुग्ने हुँदा खुलकुद सरकारको प्राथमिकतामा पर्ने बताए । उनले नेपालीहरुको दोस्रो महानचाड तिहारपछि खेलकुद गतिविधिले गतिलिने बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५६ बजे

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण