५ श्रावण २०८३, मंगलबार | July 21, 2026

श्रमिकहरुका नाममा मुख्यमन्त्री पोखरेलको शुभकामना सन्देश



बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले अन्तराष्ट्रिय श्रमिक दिवस मई दिवसका अवसरमा नेपाली श्रमिकहरुलाई शुभकामना सन्देश दिनुभएको छ ।

आज मुख्यमन्त्रीले प्रेशित गरेको शुभकामना सन्देशमा श्रम शक्तिको विकासवाट नै समृद्ध राष्ट्रको निर्माण सम्भव रहेको बताउनुभएको छ । उहाले श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न सरकार दृढ संकल्पित रहेको उल्लेख गर्दै श्रमशक्तिलाई अर्थतन्त्र र मुलुकको पूर्वाधार विकासमालगाउनु अनिवार्य रहेको बताउनुभएको छ ।
मुख्यमन्त्रीको सन्देशमा तीन तहकाजननिर्वाचित सरकार नागरिकका आकांक्षा पूरा गर्न क्रियाशिल रहेको तथा सरकारले श्रमिकवर्गको हितकालागि सामाजिक सुरक्षाकार्यक्रम घोषणा गरी कार्यान्वयन अघि बढाएको उल्लेख गर्नुुुभएको छ ।

सामाजिक सुरक्षा कार्यक्रम व्यवहारिक रुपमा कार्यान्वयन हुँदै श्रमिकवर्गको हित र सम्मान स्थापितहुने सन्दशेमा बिश्वास गरिएको छ । बिगत २००७, २०४६ र २०६२/०६३ मा भएका आन्दोलनमा नेपाली श्रमिकवर्गको सहभागिता र बलिदान अविस्मरणीय रहेको सन्देशमा स्मरण गर्दै आन्दोलनको परिणामले प्राप्त नयाँ संविधानले एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाको अन्त्य गरी संघात्मक र समाजवादउन्मुख राज्यव्यवस्थाको स्थापना गरेको स्पष्ट पार्नुभएको छ ।

‘संविधानले व्यवस्था गरेको समाजवादउन्मुख राज्यव्यवस्था व्यवहारमा कार्यान्वयन गर्दै जाँदा समाजमा वर्गीय विभेदको खाडल पुरिदै जाने निश्चित छ’ । सन्देशमा लेखिएको छ ।

मुख्यमन्त्रीले सन्देशमा भनिएको छ ‘यतिखेर हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोनाभाइरसबाट संक्रमित हुन नदिन सरकारले मुलुकलाई लकडाउनमा राख्ने बेलैमा निर्णय गरेकाले समुदायमा संक्रमण बढेको छैन् । कोरोना विरुद्धको संघर्षमातीनतहका सरकार समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । अहिलेसम्महामी सुरक्षित छौं तर जोखिमबाट मुक्त छैनौं ‘ ।

उहाले शुभकामना सन्देशमा लकडाउन लामो हुँदा दैनिक ज्यालादारीमा जीवननिर्वाह गर्नेहरुले कठिनाइ व्यहोर्नु परेको सरकारले बुझेका उल्लेख गर्दै कठीन समयमा कोही नागरिक भोकै बस्न पर्ने अवस्था नआउने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । दैनिकज्यालादारी गरी जीवननिर्वाह गर्ने नागरिकको राहतको लागि आवश्यक प्रवन्धमिलाइएको मुख्यमन्त्रीको दाबी छ ।

उहाले सन्दशेको अन्त्यमा अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा श्रमशक्तिको विकासवाट नै समृद्ध नेपालनिर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न सबैलाई अपील समेत गर्नुभएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : ५१ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ