२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानन्यायाधीसले तोके बन्दी प्रत्यक्षीकरणका ९ वटा इजलास



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि ९ वटा इजलास तोकेका छन् । जबराले १५ जना न्यायाधीशहरूका लागि ९ इजलास तोकेका हुन ।

सबै इजलास बन्दी प्रत्यक्षीकरणको मुद्दासँग मात्र केन्द्रित रहेका छन् । यीमध्ये ६ वटा संयुक्त र तीन वटा एकल इजलास रहेका छन् ।

सर्वोच्चका न्यायाधीसहरु प्रधानन्यायाधीसको कार्यशैलीप्रति असन्तुष्ट रहँदै इजलास बहिस्कार गर्दै आएका छन् । उनीहरुले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै दबाब दिइरहेका छन्। उनीहरुले एकसाता अघिदेखि सबै खाले इजलास बहिस्कार गर्दै आएकोमा मंगलबार बन्दी प्रत्यक्षीकरणका मात्र मुद्दामा सुनुवाइ गरेका थिए । तर प्रधानन्यायाधीस जबराले बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा समेत पेशी तोकेपछि बुधबारको इजलास पुनः बहिस्कार गरेका थिए ।

जबरा विरुद्ध नेपाल बार एसोसिएसन पनि आन्दोलनमा उत्रिएको छ। बारले १५ गतेदेखि सर्वोच्च परिसरमा कालो पट्टी बाँधेर धर्ना दिइरहेको छ । तिहारसम्म पनि प्रधानन्यायाधीसले राजीनामा नदिए थप सशक्त आन्दोलन गर्ने बारले निर्णय गरेको छ ।

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ११ : ०० बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व