१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता



नयाँ दिल्ली । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो ।

तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो ।

बायोटेकका अध्यक्ष डा.कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए । खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट््विटमा उल्लेख गरेको छ ।

गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरुको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्यांक उपलब्ध गराउन माग गरेको थियो ।

डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन सकिने सुझाव दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ७ : ३२ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू