२१ असार २०८३, आइतबार | July 5, 2026

एमालेका तेस्रो धारका १० नेतालाई एकीकृत समाजवादीमा आउन माधव नेपालको आह्वान



काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा तेस्रो धारको नेतृत्व गरिरहेका १० नेतालाई नेकपा एकीकृत समाजवादीमा आउन आह्वान गरेका छन् ।

मध्यपुर थिमिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले तेस्रो धारका १० नेताहरु एमालेमा गएर पछुताइरहेको दाबी गर्दै अझै केही नबिग्रिएको र एकीकृत समाजवादी पार्टीमा आउन आग्रह गरे ।

‘त्यहाँ गएर पनि पछुताइरहेका छन् । ठिक छ तपाईहरुले हेर्नुभयो, भोग्नुभयो, छाम्नुभयो, पीडा सहनुभयो । अब त फर्केर आए पनि हुन्छ । स्वागत छ,’ अध्यक्ष नेपालले भने।

उनले आफूहरुसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुने भन्दै त्यस्ताहरुको पछि कोही नलाग्न अनुरोध गरे । ‘राम्रो पार्टीमा आउनुस् । हामीसँग आउनुस्,’ उनले भने, ‘हामी सहि निष्कर्ष पुग्ने, सही बाटोमा पुग्ने पार्टी हो । कलम छापलाई जिताउने हो । समाजवादमा जाने हो ।’

नेता नेपालले चाँडै चुनाव हुन्छ भनेर भ्रममा नपर्न आग्रह गर्दै संघीय संसदको चुनाव आफ्नै समयमा हुने जनाए । ‘कसैले भ्रम नपाले हुन्छ आजै चुनाव हुन्छ, छिटै चुनाव हुनेवाला छैन । संघीय संसदको चुनाव आफ्नै समयमा हुनेछ,’ उनले भने ।

नेता नेपालले आगामी चुनावमा पाँच दलको गठबन्धन बलियो गरि कायम रहने बताउँदै पाँच दलीय गठबन्धन कसैले भत्काउन नसक्ने दाबी गरे ।

अब केही समयमा राष्ट्रियसभाको, स्थानीय तहको र रिक्त स्थानमा संघीय उपनिर्वाचन हुन लागेको भन्दै नेता नेपालले कलम छाप चिन्ह भएको एकीकृत समाजवादीको विजयी अभियान अगाडि बढ्दै जाने जिकिर गरे ।

‘कलम छापको अभियान अघि बढ्दै जान्छ । पार लगाइन्छ जितिन्छ सफलता हात पारिन्छ,’ उनले भने, ‘निर्वाचनको मैदानमा विभिन्न ठाउँको आंकलन गरिरहेका छौं । हामी जित्नेछौं । हामीसँग इर्स्या गर्नेहरुको हालत खत्तम हुनेछ ।’

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ९ : ४७ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ