२ पुस २०८२, बुधबार | December 17, 2025

त्रिवेणी–दुम्किबास सडक बनाउँछौँः मुख्यमन्त्री पोखरेल



नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सुरुङमार्ग निर्माण गरेरै पनि त्रिवेणी–दुम्किबास सडकखण्डसञ्चालन गरिने बताएका छन् ।

गृहजिल्ला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दुमा आयोजित कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले चितवन राष्ट्रिय निकुञ्ज र युनेस्कोको विरोधका कारण वैकल्पिक तरिका अपनाएर भए पनि उक्त सडक विस्तार गरिने बताएका हुन् ।

स्थलमार्ग बनाउन नपाए सुरुङमार्ग या फ्लाइओभर बनाएर पनि सडक विस्तार गर्ने गरी प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री पोखरेलले दाबी गरे। नेपाललाई उत्तर–दक्षिण जोड्ने छोटो र उपयुक्त सडक त्रिवेणी–कोरला सडक भएकाले त्रिवेणी–दुम्किबास जोड्ने सडकका विषयमा चासो दिनका लागि आफूले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको र छिट्टै समस्या समाधान हुने आश्वासन पाइएको उनको भनाइ थियो ।

विसं २०६२ मा ट्रयाक निर्माण गरिएको त्रिवेणी–दुम्किबास सडक निर्माणमा निकुञ्जले अवरोध गरेका कारण जिल्लावासीहरू त्रिवेणी जानका लागि लुम्बिनी प्रदेशको बर्दघाट भएर जानुपर्ने बाध्यता छ ।

त्रिवेणी–कोरला सडकलाई प्रदेशको गौरव आयोजनामा राखिएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले चीनबाट भारतसम्म जोड्ने यो सडक प्रदेशका लागि मात्र नभएर राष्ट्रका लागि पनि महत्वपूर्ण हुने जिकिर गरे । त्रिवेणीबाट दुम्किबाससम्म २३ किलोमिटरमध्ये आठ किलोमिटर क्षेत्र निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले कोरला–त्रिवेणी सडक निमार्णको काम अगाडि बढ्न सकेको छैन । निकुञ्जले भने सडक निर्माण गर्न नमिल्ने बताउँदै आएको छ । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : ३७ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११