१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

डब्लुएचओ भन्छ–फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्छ



काठमाडौं । आगामी फेब्रुअरीसम्म युरोपमा कोभिडले थप ५ लाखको मृत्यु हुनसक्ने विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले जनाएको छ।

पछिल्लो समय युरोप महादेशमा दिनहुँजसो कोरोनाभाइरसका नयाँ बिरामी बढिरहेका बेला डब्लुएचओले यस्तो खतरा औंल्याएको हो। समयमै सतर्कता नअपनाएमा फेरि युरोप कोभिडको केन्द्र बन्नसक्ने खतरा अझै टरिनसकेको डब्लुएचओको भनाइ छ।

बिहीबार आयोजित एक पत्रकार सम्मेलनमा डब्लुएचओका युरोप प्रमुख हान्स क्लुगले कोभिडको जोखिम उस्तै रहेको र मृतक संख्या अझै बढ्नसक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन्। युरोपमा खोप कार्यक्रम सबैको पहुँचमा नपुगेकाले यस्तो जोखिम कायम रहेको उनको तर्क थियो।

‘अझै हामीले सतर्कता अपनाउन सक्छौं। खोप सबैले लगाउनुपर्छ र त्यसका लागि सबै मुलुकले आवश्यक व्यवस्था मिलाउनुपर्छ। सुरक्षा सतर्कताका अन्य उपाय पनि अपनाउनुपर्छ,’ हान्सले भने। पछिल्लो समय युरोपमा खोप लगाउने दर घटेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ। अझै पनि युरोपका धेरै मानिस खोप लगाउन अनिच्छुक रहेकाले तिनीहरुलाई कसरी खोप दिलाउने भन्ने चुनौती रहेको छ।

डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार फ्रान्समा ६८ प्रतिशत, जर्मनीमा ६६ प्रतिशत, स्पेनमा ८० प्रतिशत र रुसमा ३२ प्रतिशत मात्र व्यक्तिले खोप लगाएका छन्। अहिलेसम्म युरोपेली क्षेत्रमा कोरोना भाइरस संक्रमणले १४ लाख मानिसको ज्यान गइसकेको डब्लुएचओले जानकारी दिएको छ।

केही महिनायता युरोपमा कोभिडविरुद्घको सुरक्षा सतर्कता खुकुलो बनाएसँगै संक्रमण बढेको डब्लुएचओको ठहर छ। अनिवार्य मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजर प्रयोगमा विशेष ध्यान दिनुपने डब्लुएचओको सुझाव छ।

प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार  ५ : ०३ बजे

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन

टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

टीकापुर । कैलालीको टीकापुरमा थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु

पूजापाठसहित प्रधानमन्त्री बालेन्द्र शाह बालुवाटार भित्रिए

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार पूजापाठ गरेर आधिकारिक

मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो

काठमाडौं । शुक्रबार मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ