५ आश्विन २०८१, शनिबार | September 21, 2024

वर्षाले धान नष्ट गर्‍यो, अब परिवार कसरी पाल्ने ?



नेपालगञ्ज । बाँके नरैनापुर-३ बालापुरकी ४३ वर्षिया सत्तवा रैदास वर्षभरी कसरी गुजारा चलाउने भन्ने चिन्तामा डुबेकी छन् । बेमौसमी वर्षा धानबालीमा क्षति गरेपछि उनी मारमा परेकी हुन् ।

कात्तिक १ गतेदेखि परेको अविरल वर्षाले करिब १ विगाह जमिनमा काटेको धान पानीले डुवाएपछि सत्तवाको चिन्ताको विषय बनेको हो । ‘काटेको धान खेतमै डुबेर उम्रिएको छ । नकाटेको धान पनि हावाले ढालेर कुहिएको छ । अब वर्षभरी के खाने भन्ने चिन्ताले सताएको छ, ´ सत्तवाले निरास हुँदै भनिन्, ‘परिवारलाई कमाएर खुवाउन श्रीमान छैनन् । म एक्लीले कसरी पाल्ने यत्रो ८ जनाको परिवार ।’

स्थानीय जमिन्दारको जमिन अधियामा खेती लगाउदै आएकी सत्तवाको दैनिकी खेतमा उम्रेको धानको बाला र पानीमा डुबेर कुहेको धान केलाउने सुकाउने गर्दै बित्ने गरेकाे छ । उनले भनिन्, ‘गाउँमा रोजगारी पनि पाइँदैन । धान थियो र वर्षभरी पुगनपुग खानलाई हुन्थ्यो तर, अब त त्यो पनि छैन कसरी गुजार चलाउने हो के खाने भन्ने चिन्ताले रात छप्लक्कै उघारिएकै आँखाले काट्ने गरेको छ ।’

उनकै छिमेकी संगीता रैदासको पनि अवस्था उस्तै छ । संगीताको पनि डेढ विगाह खेतमा लगाएको धान पानीमा कुहेर नष्ट भएको छ । खेतमा डुबेको धान सुकाउन हुलाकी सडकमाथि थुपारेकी उनले उम्रिएधार धानको बाला देखाउदै भनिन्, ‘ उम्रेको धान छ । यसबाट कस्तो चामल निस्कन्छ र खाने हो । ऐलानी र जमिनदारको जग्गा जोतेका छौँ पालिकाबाट धानको क्षतिको क्षतिपूर्ति लिन जाउ भने आफ्नो नाममा लालपूर्जा छैन । लालपूर्जा नभए क्षतिपूर्ति पाइँदैन भन्छन् ।’

पानीकै कारण नरैनापुरकै २ का सफिउल्ला खाँनको २ विगाहा ५ कठ्ठामा लगाएको धानबाली नष्ट भयो । ‘खाइ नखाई गरेर लगाएको धान खेलमा पाकेर पहेँलै भएको थियो । तर, धान नष्ट गरेपछि अब ९ जनाको परिवार पाल्ने पिरलो थपिएको छ । अस्फाक खाँनको पनि पीडा उस्तेै छ। सफिउल्ला, संगीता र सत्तवा त नरैनापुरका बेमौषमि वर्षाका पीडित किसान प्रतिनिधि पात्र हुन् ।

नरैनापुरका अधिकांश किसानको आँगनमा उचो सडकमा जहाँतहिँ पानीमा डुबेर कुहेको धानको रास देख्न सकिन्छ । कुहेकै भएपनि केही काम लाग्ने छ कि भन्दै धानको व्यवस्थापन गर्न जुटेको देखिन्छन् । कात्तिक महिनामा यसअघि कहिल्यै यसरी वर्षात नभएको र वर्षा भए पनि डुबान र बाढीको बितण्डा नदखेका यहाँका स्थानीय किसानले संघ, प्रदेश र स्थानीय तहले आफ्नो समस्या बुझेर राहतको व्यवस्था गर्नुपर्ने आशामा छन् ।

गत कात्तिक १ गतेदेखि परेको बेमौसमी वर्षातको कारण बाँकेमा झण्डै ६० प्रतिशत धानमा नाेक्सान गरेकाे छ भने नरैनापुरमा पनि सोही अनुपातमा क्षति गरेकाे गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारी बताउछन् । उनले किसानले काटेर राखेको धान खेतमै उम्रिएकाे बताए । शाखा प्रमुख भण्डारीले कात्तिक महिनाको सुरुमै परेको बेमौसमी झरीका कारण पालिकामा ६ हजार ३ सय ८५ हेक्टर जमिनको धानबाली नष्ट भएकाे जानकारी दिए । उनले यसबाट करिव ५० करोड नोक्सानी भएको तथ्यांक निकालिएको बताए ।

प्रति हेक्टर ४ दशमलव १५ टन उत्पादन हुने सो क्षेत्रमा ६ हजार ३ सय ८५ हेक्टरमा लगाइएको धान बाली नष्ट हुँदा पालिकाको ५१ करोड बराबरको क्षति भएको हो । धानबाली लगाएका कुनै पनि किसानले बिमा नगरेको शाखा प्रमुख भण्डारीले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ६ : ३९ बजे

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन