१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रस्तावित तीन राजदूतविरुद्ध शुक्रबारसम्म उजुरी दिन सकिने



काठमाडौं । बेलायत, अमेरिका र भारतका लागि नेपाली राजदूतमा सिफारिस तीन जनाविरुद्ध आगामी शुक्रबारसम्म संसदीय सुनुवाइ समितिमा उजुरी दिन सकिने भएको छ ।

संघीय संसद्को संसदीय सुनुवाइ समितिका अनुसार प्रस्तावित राजदूतका विषयमा १८ कात्तिकमा सूचना तथा उजुरी आह्वान भएकामा २६ कात्तिकसम्म उजुरी दिन सकिनेछ ।

११ कात्तिकको मन्त्रिपरिषद् बैठकले बेलायतका लागि ज्ञानचन्द्र आचार्य, अमेरिकाका लागि श्रीधर खत्री र भारतका लागि डा शंकरप्रसाद शर्मालाई नेपाली राजदूतमा सिफारिस गरेकोथियो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार, १२ कात्तिकमा संसदीय सुनुवाइका लागि पत्र प्राप्त भएको थियो ।

‘उहाँहरूलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबूत प्रमाण सहित मिति २०७८ कात्तिक २६ गते कार्यालय समयभित्र यस समिति समक्ष निम्न माध्यम मार्फत वा सोझै समितिमा आई सूचना वा उजुरी दिन सकिने व्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ,’ समितिले भनेको छ । समितिका अनसार हुलाक, फोन, फ्याक्स वा इमेल मार्फत पनि उजुरी दिन सकिनेछ। सूचना वा उजुरी दिनेको नाम गोप्य रहन्छ ।

तीनै जनाविरुद्धका उजुरीमाथि सुनुवाइ समितिले छानबिन गर्नेछ। समितिले अनुमोदन गरेपछि राष्ट्रपतिमार्फत राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ५२ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको