२१ असार २०८३, आइतबार | July 6, 2026

प्रदेश २ सहित १३ जिल्लामा तोक्यो कांग्रेसले निर्वाचन अधिकृत



काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन हुन बाँकी रहेका प्रदेश २ का आठवटासहित १३ जिल्लामा निर्वाचन अधिकृत चयन गरेको छ ।

प्रदेश २ सहित कैलाली, डोल्पा, बाँके, सुर्खेत र रसुवामा काँग्रेसको वडा अधिवेशन हुन बाँकी छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सप्तरीमा डा। रुद्र शर्मा, सिराहामा सन्जीव लामा, धनुषामा अरुण ज्ञवाली, महोत्तरीमा इन्द्र अधिकारी, सर्लाहीमा विनोद कार्की, रौतहटमा दीपकराज गिरी, पर्सामा नरेन्द्र केसी र बारामा ज्ञानेन्द्रपसाद अधिकारीलाई निर्वाचन अधिकृत तोकेको छ ।

त्यस्तै कैलालीमा टेकप्रसाद सुवेदी बाँकेमा रेवतीरमण भट्टराई, सुर्खेतमा मदन रेग्मी, रसुवामा सुमन कुमार केसी र डोल्पामा कुमारराज श्रेष्ठलाई निर्वाचन अधिकृत तोकेको छ । वडा अधिवेशन हुन बाँकी जिल्लामा आगामी २७ कात्तिकमा निर्वाचन मिति तय भएको छ ।

पालिका अधिवेशन हुन बाँकी १३ वटा जिल्लामा ३० कात्तिकका लागि अधिवेशन तय भएको छ भने ३ मंसिरमा प्रदेशसभा क्षेत्रीय अधिवेशन र ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन भएका जिल्लाका जिल्ला अधिवेशन हुँदै छ । नयाँ कार्यतालिकाअनुसार आगामी १० मंसिरमा एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लका जिल्ला अधिवेशन तय भएको निर्वाचन समितिले जनाएको छ ।

अब महाधिवेशनको कार्यताकिला प्रभावित नभए २४ देखि २६ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन हुनेछ महाधिवेशन तयारी समिति गठनसहितका विषयमा छलफल गर्न कांग्रेसले २८ कात्तिकका लागि केन्द्रीय समितिको बैठक तय गरिसकेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : ३७ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ