१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चीनकी यी सहासी महिला जसले अन्तरिक्षमा हिँडेर इतिहास रचिन



बेइजिङ । चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला बनेकी छिन् ।

चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिडेकी थिइन् । उनलाई सेन्झोयु–१३ टोलीका दुई सदस्यहरुले सहयोग गरेका थिए । तीन सदस्यीय टोलीमध्ये तेस्रो महिला अन्तरिक्ष स्टेसनमा बसेकी थिइन् ।

सो टोली यही १६ अक्टोबरमा अन्तरिक्षमा पुगेको थियो । अन्तरिक्षबाट आईतबार बाहिर निस्किएपछि वाङले पृथ्वीमा फर्किएर हात हल्लाएकी थिइन् । उडान नियन्त्रण केन्द्रले सार्वजनिक गरेको एउटा भिडियोमा उनले आफूलाई निकै खुसी लागेको बताएकी छिन् । वाङ अन्तरिक्षमा पुग्ने दोस्रो चिनियाँ महिला हुन् । यसअघि सन् २०१२ मा सेन्झोयु–९ अन्तरिक्ष यानमा चढेर लिउ याङ अन्तरिक्षमा पुगेकी थिइन् ।

अन्तरिक्षबाट पृथ्वीतर्फ फर्किने क्रममा उनले आफ्नो अनुभव यसरी साटेकी छिन्, ‘पहिलो पटक जब म झ्यालबाहिरबाट हेरे मैले जीवनको शक्तिको वास्तविक सत्य महसुस गरे । अन्तरिक्षमा पुगेको घटनालाई शब्दमा वर्णन गर्न सक्दिन । ’

अन्तरिक्षमा हिड्ने क्रममा सो समूहले अन्तरिक्ष स्टेसनमा एउटा सस्पेन्सन डिभाईस जडान गरेको थियो । त्यस अवसरमा उनीहरुले चीनले विकास गरेको अन्तरिक्षमा लगाउने पोसाक पनि परीक्षण गरेका थिए ।

वाङभन्दा अगाडि सन् १९८४ देखि अहिलेसम्म १५ जना महिलाले अन्तरिक्षमा पैदल हिडेका छन् । सोभियत अन्तरिक्ष यात्री सेभेटलाना साभिट्सकाय अन्तरिक्षमा हिड्ने पहिलो महिला हुन् । अन्तरिक्षमा हिड्ने महिला अन्तरिक्षयात्रीमध्ये अधिकांश अमेरिकी छन् । -एजेन्सी

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ५४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले