२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

दाङको बबईमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते



तुलसीपुर । सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सइ टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परि सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालबालिकाको अवस्था गम्भीर रहेको महतराले बताए । जिपका चालक फरार रहेका छन् ।

बबई गाउँपालिका–३ ठाडो खोलामा सोमबार बिहान ९ बजेतिर जिप दुर्घटना भएको र साढे ९ बजेतिर खबर प्राप्त भएसँगै घटनास्थलमा पुगेको महतराले बताए । घाइतेहरूको उद्धारपछि उपचारका लागि तुलसीपुर पठाएको उनले बताए । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १ : ४९ बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको