१३ असार २०८३, शनिबार | June 27, 2026

क्रिकेट : २४ वर्षपछि अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्ने



काठमाडौं । अस्ट्रेलियालाई क्रिकेट टोली २४ वर्षपछि पाकिस्तान भ्रमणमा निस्कने भएको छ ।

सोमबार पाकिस्तान क्रिकेट बोर्डले अस्ट्रेलिया पाकिस्तान यात्रामा निस्कने तय भएको घोषणा गरेको हो । भ्रमण घोषणासँगै पाकिस्तान बोर्डले खेल तालिकासमेत सार्वजनिक गरेको छ ।

मार्चमा हुने तय भएको भ्रमणमा अस्ट्रेलिया र पाकिस्तानबीच तीन टेस्ट, तीन एक दिवसीय (ओडीआई) तथा एक टी( २० खेल आयोजना हुनेछ ।

यसका लागि खेल स्थलसमेत तय भइसकेको छ । पहिलो टेस्ट क्रिकेट ३ देखि ७ मार्चसम्म कराँची, दोस्रो १२ देखि १६ मार्चसम्म रावलपिण्डी तथा २१ देखि २५ मार्चसम्म लाहोरमा आयोजना हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड अध्यक्ष रमिज राजाले भने, ‘अस्ट्रेलियालाई स्वागत गर्न पाउँदा खुसी छु । अस्ट्रेलिया एउटा राम्रो टोली हो, जुन टोली २४ वर्षपछि पहिलो पटक आउँदै छ । यो फ्यानका लागि विशेष उपहार हुनेछ ।’ राजाले अस्ट्रेलियाविरुद्ध आठ टेस्ट र १८ ओडीआई खेलेका छन् ।

यसअघि अस्ट्रेलियाली टोली सन् १९९८(९९ मा पाकिस्तान भ्रमणमा निस्किएको थियो ।

तालिका :
३-५ मार्च : पहिलो टेस्ट, कराँची
१२-१६ मार्च : दोस्रो टेस्ट, रावलपिण्डी
२१-२५ मार्च : तेस्रो टेस्ट, लाहोर

२९ मार्च : पहिलो ओडीआई, लाहोर
३१ मार्च : दोस्रो ओडीआई, लाहोर
२ अप्रिल स् तेस्रो ओडीआई, लाहोर

५ अप्रिल : टी- ट्वान्टी, लाहोर

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ४१ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को