४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको