११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रधानन्यायाधीशको राजीनामालाई लिएर सर्वोच्चका न्यायाधीश विभाजित ! दुई न्यायाधीशले हेरे मुद्दा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् ।

प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् ।

प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलवार संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका छन् भने अन्य न्यायाधीश इजलास गएनन् ।

केसी र शर्माको संयुक्त इजलासले एउटा रिट खारेज गर्ने आदेश दिएको छ भने उनीहरूको इजलासमा परेका अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका छन् । तर, अन्य न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी भएनन् ।

प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा पेसीमा राखेका सातमध्ये ६ वटा विवादमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् ।

नेपाल बारले गरेको बहस बहिष्कारकाबीच केही असन्तुष्ट कानुन व्यवसायीले बहसमा भाग लिएपछि उनले ६ वटा मुद्दामा आदेश जारी गरेका हुन् ।

सर्वोच्चका दुई न्यायाधीश इजलास फर्किएको नभई बन्दीका रिट हेर्न मात्र इजलासमा गएको असन्तुष्ट एक न्यायाधीशले बताए । तर, प्रधानन्यायाधीश सचिवालय भने मंगलबार इजलास गएका न्यायाधीशद्वय भोलि बुधबारबाट निरन्तर इजलासमा जाने दावी गर्छ ।

‘सवै न्यायाधीश सम्माननीयज्यू (प्रधानन्यायाधीश)सँग असन्तुष्ट भन्ने हल्लामात्र हो, उहाँसहित तीनजना न्यायाधीशले अब निरन्तर सुनुवाइ गर्नुहुन्छ,’ प्रधानन्यायाधीश जबराको सचिवालयका एक अधिकारीले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ३ : ३० बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’