२३ बैशाख २०८१, आइतबार | May 6, 2024

फेरिए प्रदेश-१, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख



काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर-१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका खापुङ प्रदेश प्रमुख भएका हुन् भने कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका नेकपा माओवादी केन्द्रनिकट परियार यसअघि नै प्रदेश २ का प्रदेश प्रमुख भइसकेका छन् ।

त्यस्तै, सुदूरपश्चिममा नेपाली कांग्रेस नेता जोशी प्रदेश प्रमुख भएका छन् । नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी रहेको जनाइएको छ ।

यसअघि प्रदेश -१ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो । यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ३ : ४६ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa