२१ असार २०८३, आइतबार | July 6, 2026

फेरिए प्रदेश-१, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख



काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर-१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रदेश १ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका खापुङ प्रदेश प्रमुख भएका हुन् भने कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका नेकपा माओवादी केन्द्रनिकट परियार यसअघि नै प्रदेश २ का प्रदेश प्रमुख भइसकेका छन् ।

त्यस्तै, सुदूरपश्चिममा नेपाली कांग्रेस नेता जोशी प्रदेश प्रमुख भएका छन् । नयाँ प्रदेश प्रमुखहरूलाई छिट्टै सपथग्रहण गराउने तयारी रहेको जनाइएको छ ।

यसअघि प्रदेश -१ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख रहेका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त भएका प्रदेश प्रमुखलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले हटाएको हो । यसअघि प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरिएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ३ : ४६ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ