२ पुस २०८२, बुधबार | December 18, 2025

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई दराज ११.११ मा १५ प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११.११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३ हजार रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ३५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८६ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : ११ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल