२२ मंसिर २०८२, सोमबार | December 8, 2025

प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले सरकारलाई दिएको छ ।

प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँगको छलफलमा दलहरूसँग सल्लाह गरेर जवाफ दिने बताएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसँग एक चरण छलफल गरिसकेका छन् । प्रधानमन्त्री देउवा अब छिट्टै नै संसद्मा रहेका प्रमुख राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारीमा छन् ।

संवैधानिक व्यवस्थाअनुसार सांसदको पद रिक्त भएको ६ महिनाभित्र उपनिर्वाचन गर्नुपर्ने हुन्छ । प्रतिनिधिसभामा २ सय ७५ सांसद रहने व्यवस्था छ । तर, अहिले चार सिट खाली छ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित यी चारै जना सांसद एमाले प्रवेश गरेपछि उपनिर्वाचन गर्नुपर्ने अवस्था आएको हो । एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले कारबाही गर्दा सांसद पद रिक्त हुन गएको हो ।

२०७४ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रको वामगठबन्धनतर्फको साझा उम्मेदवार बनेर चारै जना सांसद निर्वाचित भएका थिए । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : १८ बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डसमक्ष आग्रह

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

भानुभक्तका पाण्डुुलिपिको संरक्षणसँगै जन्मस्थलको विकासको चासो

पोखरा । “भर् जन्म घाँस तिर मन् दिई धन कमायो

लुम्बिनी ईटा संघमा पदस्थापन, सस्थागत सदृढिकरणमा जोड

भैरहवा । लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई

हेटौँडाको मुख्य सडक विस्तार : भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन

एक व्यक्ति दुई कार्यकालभन्दा बढी अध्यक्ष नबन्ने कानुनी व्यवस्था गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी नेतृत्वमा दीर्घकालीन