७ भदौ २०८३, आइतबार | August 23, 2026

एमाले महाधिवेशन प्रतिनिधि छनोट : ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव



ओखलढुंगा । नेकपा एमालेको १०औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएको छ । दुई गुटबीचको विवाद र माओवादीबाट प्रवेश गरेका समूहलेसमेत भाग खोजेपछि निर्वाचन निश्चित भएको हो । मंगलबार भएको सचिवालय बैठकमा सहभागी सदस्यहरुले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए ।

सचिवालय बैठकबाटै नेताहरुले गुटका मान्छे प्रतिनिधि लैजान खोजेपछि निर्वाचनमा जान सदस्यहरुले जोड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब एक सय जिल्ला सदस्यले चार हजार हाराहारी संगठित सदस्यको प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएको बताए ।

एमालेमा दुई गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल,अम्बीर गुरुङ, नानीबाबु बुढाथोकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतको एक समूह र यज्ञराज सुनुवार, किशोर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतको अर्को समूह बनेको छ । यी दुई समूहबीच प्रतिनिधि को पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएको हो ।

माओवादीबाट आएका बालकृष्ण ढुंगेलको समूह अम्बीर गुरुङसँग जोडिएपछि साविक ओली गुट दुई समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए ।

साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ(ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज(किशोर समूह नजिक रहेको बताइएको छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटको विषयमा अध्यक्ष श्रेष्ठको भनाभनकै तहमा विवाद भएको एक नेताले जानकारी दिए ।

पालिका अधिवेशनबाटै गुट उपगुटको सिकार बनेको एमाले प्रतिनिधि छनोटमा दुई समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आ(आफ्नो समूहको गृहकार्यमा नेताहरु जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसको तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएको नेता सीताराम गुरुङले बताए । मनोनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ ।

जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेको छैन । एमालेको १०औं महाधिवेशन १०(१२ मंसिरमा चितवनमा हुँदैछ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ४५ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र