३ पुस २०८२, बिहिबार | December 18, 2025

सुनसरी एमालेमा विवाद : अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक



सुनसरी । सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ । २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो ।

सदरमुकाम इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधवार बस्ने भनिएको बैठकमा आपसमा माइक खोसाखोस समेत भएको छ । २ जेठको विषयमा चरम विवाद भएपछि २ जेठका अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले गत पुसमा अध्यक्ष बनाएका रेवतीरमण भण्डारीको समूहबीच विवाद चर्केको थियो । दुवैलाई हटाएर तेस्रो व्यक्ति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि दुवै पक्षबीच मनमुटाव भएको हो ।

कार्यक्रमको अध्यक्षता गरेर बोल्ने क्रममा पूर्व जिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक खोसेका हुन् । अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथी निरौला हुन नमिल्ने भन्दै चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव भएको छ । चौधरीको हातबाट पुनस् माइक खोस्न कार्यकर्ताहरू मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ । माइक खोसेपछि चौधरी कार्यक्रम स्थलबाट हिँडेका छन् । उनले बैठक बहिष्कार गरेको बताएका छन् ।

उनले सुनसरी एमालेको विवादलाई लिएर केहीबेरमा इटहरीमा पत्रकार सम्मेलनको तयारी गरेका छन् । चौधरीले माइक खोसे पनि बैठक नरोकिएको एक नेताले बताए । चौधरीले हिजो मङ्गलवार सामाजिक सञ्जालमा जिल्ला बैठक मेरो अध्यक्षता हुने भन्दै पोस्ट समेत गरेका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : १६ बजे

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय

निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको