११ श्रावण २०८३, सोमबार | July 27, 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा १ घन्टा चक्काजाम



बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीले १ घन्टा चक्काजाम गरेका छन् । नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित अनेरास्ववियु शुक्रबार बिहानै सडकमा उत्रिएका हुन ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै एमाले निकट अनेरास्वबियु रुपन्देहीले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । विरोधस्वरुप बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा राजमार्ग बन्द गरेको अनेरास्ववियु रुपन्देहीका सचिव तथा प्रचार बिभाग प्रमुख प्रकाश पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ९ : ५१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला