११ श्रावण २०८३, सोमबार | July 27, 2026

कारागारभित्र कैदीको शंकास्पद मृत्यु



विराटनगर । जिल्ला कारागार मोरङभित्र बुधबार राति एक कैदीको मृत्यु भएको छ ।

जबरजस्ती करणी मुद्दामा ६ वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ रतुवामाई नगरपालिका–१० साविक इटहरा–८ का ४३ वर्षीय नारायण थापाको मृत्यु भएको हो ।

पेट दुखेपछि उपचारका लागि बिहीबार राति १ बजे कोशी अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको निमित्त जेलर राम पोखरेलले जानकारी दिए । मृतक थापाको शव कोशी अस्पतालमै राखिएको छ । उनले आफन्तलाई शब बुझ्नन बोलाएको बताएका छन् । आफन्तले शव पोष्टमार्टम गर्ने कि नगर्ने भन्ने बिषयमा समेत छलफल नभएको उनले बताए ।

मोरङ कारागारभित्र केही दिनअघि मात्रै कैदीबन्दीहरूको दुई समुहबीच झडप भएको थियो । कात्तिक मण्डलको नेतृत्वमा चौकीदार किरण गुरुङसहित नाईके र भाईनाइकेहरूलाई नियन्त्रणमा लिएर कुटपिट भएपछि झडप भएको थियो ।

झडपमा थापा संलग्न थिए थिएनन् भन्ने खुलेको छैन । थापाको कुटपिटबाट मृत्यु भएको हुन सक्ने उनका भाइ हरि थापाले बताए ।

मृतक नारायणका नातामा काका पर्ने शंकर थापाले भतिजाको हत्या रहस्यमय रहेको बताएका छन् । बिरामी भएको जनाकारी नगराई मरेको मात्रै सूचना दिनुले शंका उत्पन्न भएको थापाले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ३ : ४३ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने