१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सभामुख सापकोटाको आरोप : अमेरिका ट्रम्प र नेपालमा ओलीले डेमोक्रेसी ढाल्न खोजे



काभ्रे । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् । काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।

‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, उनले भने, ‘तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’

सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन् ।

उनले ५ पुस (प्रतिनिधिसभा विघटन)देखि २८ असार (दोस्रोपटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको टिप्पणी समेत गरे । ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको छ’, उनले भने, ‘भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे । ‘मैले रचनात्मक प्रदर्शन गर्न सकेको छैन । वातावरण पाएको छैन’, उनले भने, ‘कति हुन्छ समन्वयात्मक भूमिका खेल्छु ।’

लोकतन्त्रको आत्मा संसद भएको बताउँदै सापकोटाले लोकतन्त्रलाई कसरी अभ्यास गर्ने भन्ने महत्वपुर्ण भएको बताए । ‘संसद सबैभन्दा प्रभावकारी र शक्तिशाली निकाय हुनुपर्छ । सबैको जन्म संसदबाट हुन्छ । प्रम, राष्ट्रपति, सभामुख, राष्ट्रिसभा अध्यक्षको जन्म हुन्छ । लोकतन्त्र जीवन्त राख्ने महत्वपुर्ण निकाय हो । यो लोकतन्त्रको अभ्यास हो । राम्रो अभ्यास गरे सफल हुन्छ ’, उनले भने ।

सभामुख सापकोटाले कानुन निर्माण गुणस्तरीय र जनताको हितमा हुनुपर्नेमा जोड दिए । कार्यान्वनयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ६ : १६ बजे

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना