२१ असार २०८३, आइतबार | July 6, 2026

एमाले महाधिवेशन प्रतिनिधि चयन : रुपन्देहीमा चुनावको सम्भावना बढ्याे



बुटवल । महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी धेरै भएपछि रुपन्देहीमा सर्वसम्मतको प्रयास असफल हुँदै गएको छ । पाँचवटा संघीय निर्वाचन क्षेत्र रहेको रुपन्देहीबाट ३३ जना प्रतिनिधि छानिँदै छन् । यसका लागि एक सय भन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।

धेरैजनाले छोड्नै नचाहेकाले निर्वाचनको सम्भावना बढेको एमाले जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए । ६ जना प्रतिनिधि छानिने रुपन्देही–१ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । खुला चार जनाका लागि २४ र महिला दुई जनाका लागि सात जनाले मनोनयन दर्ता गराएको चापागाईंले बताए ।

त्यस्तै सात हजार संगठित सदस्य रहेको रुपन्देही क्षेत्र नम्बर २ बाट खुलातर्फ आठ र महिला तीन गरी ११ जना प्रतिनिधि चयन हुनेछन् । यसका लागि ५२ जनाले मनोनयन दर्ता गराएका छन् । पार्टीका उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र रहेकाले पनि यो क्षेत्रमा आकांक्षी धेरै देखिएका हुन् ।

त्यस्तै क्षेत्र नम्बर ३ मा ३१ जनाले मनोनयन दर्ता गराएका छन् । यहाँबाट खुला चार र महिला दुई गरी ६ जना प्रतिनिधि चयन हुँदैछन् । सबैभन्दा कम अर्थात् तीन जना मात्रै प्रतिनिधि चयन हुने क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत हुने देखिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ५ मा १२ जनाले मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रबाट खुला चार र महिला एक गरी पाँचजना प्रतिनिधि चयन हुँदैछन् ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ४ : ४९ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ