१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतमा प्रदूषण बढेपछि कर्मचारीले घरबाटै काम गर्न थाले, दिल्लीमा लकडाउनसम्मको तयारी



नयाँ दिल्ली । दिल्लीमा प्रदूषणको तह उच्च भएपछि सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यस्तै, सरकारी कर्मचारीले घरबाटै काम गर्ने भएका छन् । पछिल्लो एक सातादेखि राजधानी नयाँ दिल्लीलाई प्रदूषणले ढाकेपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले सो घोषणा गरेका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले सात दिनसम्म घरबाटै काम गर्नेछन् । त्यस्तै, धुलो र प्रदूषणको मुख्य कारक मानिएका निर्माणसम्बन्धी कार्य १७ नोभेम्बरसम्म बन्द हुने भएका छन् ।

प्रदूषण नियन्त्रण गर्न केन्द्र र दिल्ली सरकारका नाममा सर्वोच्च अदालतले आपतकालिन कदम चाल्न आदेश दिएपछि मुख्यमन्त्री केजरीवालले प्रदूषण रोक्न विभिन्न योजना ल्याएका हुन् । सरकारले प्रदूषण नियन्त्रण गर्न आवश्यक परे लकडाउनसम्म गर्ने तयारी छ ।

‘सोमबारदेदिख बिद्यालयहरु भौतिक रुपमा सञ्चालन हुने छैनन्, ताकी विद्यार्थीले प्रदूषित वायु लिन नपरोस । आईतबारदेखि चार दिनसम्म कुनै पनि निर्माणजन्य कार्य हुनेछैन्, ’ केजरीवालले भने ।

त्यस्तै, निजी कार्यलयका कर्मचारीलाई पनि सम्भव भएसम्म घरबाटै काम गर्न मुख्यमन्त्री केजरीवालले निर्देशन दिएका छन् । पछिल्लो एक सातादेखि दिल्लीलगायत गुरगाउँ, नोडिया, गाजियाबादमा प्रदुषणले हद नाघेको छ ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शनिवार साँझ साढे ६ बजे दिल्लीको औषत वायु गुणस्तर सूचांक ४२७ पुगेको थियो । सामान्यतया शून्यदेखि ५० सम्मको वायु गुणस्तर सूचांकलाई वातावरणका दृष्टिले उपर्युक्त मानिन्छ । वायु गुणस्तर सूचांक ४०० भन्दा बढी हुनुलाई प्रदूषणको तह खतरनाक अवस्थामा पुगेको भन्ने बुझिन्छ । यस्तो प्रदूषणले फोक्सोको क्यान्सरलगायत मुटु र श्वासप्रश्वासजन्य समस्या उत्पन्न हुन्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : १५ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू