२१ बैशाख २०८१, शुक्रबार | May 4, 2024

साढे १३ करोडमा ११ तले तिलोत्तमा भ्यू टावर, ९० प्रतिशत काम सकियो



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र ९वनवाटिका० मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ ।

चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अआ अन्तिम चरणमा पुगेको र ९० प्रतिशत सम्पन्न भएको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए । तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको संयुक्त लागतमा भ्यू टावर बनाउन लागिएको हो । यसको कुल लागत १३ करोड ५८ लाख रुपैयाँ छ ।

११ तले भ्यू टावर दुई कट्ठा क्षेत्रफलमा बनिरहेको छ भने अन्य पर्यटकीय पूर्वाधार दुई बिगाहा क्षेत्रफलमा बन्दै छन् । टावरको उचाईँ १३३ फिट छ भने भुई तला ३ हजार ५ सय ९५ दशमलव ८९ वर्गफिटको हुनेछ ।

भ्यू टावरमा लिफ्टसहितको सुविधा हुने छ भने यसभित्र सुविधायुक्त रेष्टुरेन्ट, पर्यटक विश्राम गर्न र बास बस्न मिल्ने कोठा, पुस्तकालयलगायत संरचना रहने छन् ।

भ्यू टावर निर्माणमा लाग्ने कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र बाँकी ३० प्रतिशत शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्रले खर्चिने छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भएपनि विभिन्न कारणले काममा ढिलाई हुन पुगेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।

भ्यू टावरबाट बुटवल, भैरहवा, लुम्बिनीसम्म देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिन्छ । भ्यू टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान हुनेछन् ।

अनुसन्धान केन्द्रले पूर्वाधार निर्माणमा हालसम्म १० करोड लगानी गरेको छ । वनवाटिका ५१।३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ ६ वटा पार्क, बाल रेल, चिल्ड्रेन पार्कसहित २१ प्रजातिका जनावर रहेका छन् । वनवाटिकामा अहिले दैनिक एकहजार पर्यटक आउने गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : २६ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको