११ श्रावण २०८३, सोमबार | July 27, 2026

सर्वोच्च प्रशासनले अदालतबाट हटायो सशस्त्र प्रहरी



काठमाडौं । कानुन व्यवसायीहरूको आन्दोलन दबाउन शुक्रबार सशस्त्र प्रहरी परिचालन गरेको सर्वोच्च अदालत प्रशासन आइतबार त्यसबाट पछि हटेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीलाई आइतबार प्रहरीले सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न दिएको छ ।

शुक्रबार खटाइएको सशस्त्र प्रहरी पनि हटाइएको छ । तर, प्रहरीले नेपाल बारका पदाधिकारीहरूले सम्बोधन गर्न लाग्दा माइक खोस्न खोजेका छन् भने कानुन व्यवसायीहरू चर्को नाराबाजी गरिरहेका छन् ।

कानुन व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा भने अदालत प्रवेश गरेका छैनन् । उनले निवासबाटै आज ९आइतबार०का लागि मुद्दाको पेसी तोकेका छन् ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले राजीनामा नदिएसम्म धर्ना दिन नछाड्ने बताए ।
उनीहरूले शुक्रवार भएको प्रहरी दमनको चर्को स्वरमा निन्दा गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ११ : ४३ बजे

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा