२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

मुख्यमन्त्रीबाट हटाइएपछि पहिलो पटक पूर्व मुख्यमन्त्री पोखरेलको प्रदेशसभामा सम्बोधन, संसद चल्न नदिने चेतावनी



बुटवल । मुख्यमन्त्री पदबाट हटाइएपछि एमाले लुम्बिनी प्रदेश संसदीयदलका नेता शंकर पोखरेल पहिलो पटक प्रदेशसभामा देखिएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा नेता पाखेरेल मुख्यमन्त्रीबाट हटेपछि पहिलो पटक उपस्थित भएर सम्बोधन समेत गरेका हुन् ।

प्रदेशसभामा बोल्दै नेता पोखरेलले प्रदेशसभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका बिषयमा उठेका प्रश्नको निरुपण नभएसम्म संसद चल्न नसक्ने एमालेको धारणा दोहो¥याएका छन् । उनले एमालेले कारवाही गरेका दुई सांसदका बिषयमा निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नसक्ने बताएका हुन् ।

कानूनको ब्याख्या गर्ने अधिकार प्रदेश सभा र सरकारलाइ नभएको भन्दै सांसदका बिषयमा निर्णय गर्ने अधिकार आयोगलाई रहेको उनले जिकिर गरे । पोखरेलले आफुहरुले उठाएको बिषयलाई प्रदेशसभाले गम्भीर रुपमा नलिएको आरोपलगाउँदै अहिले प्रदेश सरकारले बनाएको मन्त्रिपरिषद्मा एमालेका सांसदहरुलाई राखिएको तर्क गरे । प्रदेश सरकार र प्रदेशसभाले पनि कानून बाहिर गएर काम गरेको भन्दै आफुहरुको असन्तुष्टि रहेको उनले स्पष्ट पारे ।

हाल प्रदेश सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रहेका शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र एमालेको कुनै ह्वीप नलाग्ने बताउँदै आएका छन् भने स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण राज्यमन्त्री वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएको र पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताउदै आएका छन् । यसअघि पनि एमालेले निरन्तर प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । प्रदेशसभाको अर्को बैठक सोमबारका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ६ : १० बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना