१० बैशाख २०८३, बिहिबार | April 24, 2026

काँग्रेस १४ औ महाधिवेशन : काँग्रेसले खटायो सात प्रदेशमा ७ जना काँग्रेस ‘कमाण्डर’



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा अधिवेशन हुन बाँकी रहेका स्थानहरु र प्रदेश अधिवेशनको कार्यलाई तिब्रता दिइएको छ । काँग्रेसको आज बसेको केन्दीय समितिको बैठकले महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा संयोजक तोक्नुका साथै अधिवेशन स्थलहरु समेत निर्धारण गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले सातै प्रदेशका संयोजक तथा अधिवेशन स्थलको टुङ्गो लगाएको हो ।

बैठकले अधिवेशन सम्पन्न गर्नका लागि प्रदेश १ को संयोजकमा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा कानुन मन्त्री दिलेन्द्र बडूलाई संयोजक तोकिएको काँग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । काँग्रेस भित्र अस्तित्वमा रहेका ३ वटा गुटलाई भागबण्डा पुग्ने गरि सहमति जुटाएर निर्णय भएको काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

कार्यतालिका बमोजिम काँग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुनेछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्न हाल प्रदेशको राजधानी रहेका स्थानहरुलाई नै तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने गरि निर्णय भएको प्रवक्ता शर्माले बताए ।

अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ९ : ०४ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना