२२ भदौ २०८३, सोमबार | September 8, 2026

झाडापखालाविरुद्धको खोप लगाउने तयारी



काठमाडौं । झाडापखालाविरुद्धको दुई लाख ५२ हजार ३६३ मात्रा खोप नेपाल आएको छ । कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका बासिन्दालाई अर्को हप्ताबाट कोलेराविरुद्धको खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आइतबार युनिसेफ र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिले मन्त्रालयका सचिव डा। रोशन पोखरेललाई कोलेराविरुद्धको खोप हस्तान्तरण गरे ।

युनिसेफका नेपाल निर्देशक इल्केविस र विश्व स्वास्थ्य सङ्गठनका खोप प्रमुख डा. विनोद बुराले सचिव पोखरेललाई खोप हस्तान्तरण गरेका हुन । कतार एयरको नियमित उडानबाट दुई लाख ५२ हजार ३६३ मात्रा खोप दिउँसो ३ बजे काठमाडौं आइपुगेको हो । सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त खोप विश्व स्वास्थ्य सङ्गठन, गाभी र युनिसेफको सहयोगमा नेपाल आएको हो ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले खोप काठमाडौँ आइसकेकोले अर्को हप्ता कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयवासीलाई लगाइने बताए । खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको उहाँले जानकारी दिए ।

खोपको आवश्यक तयारी पूरा

जिल्लामा फैलिएको हैजा नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु खोप लगाउने तयारीमा जुटेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्ला खोप समन्वय समितिको बैठक बसी खोप अभियान सुरु गर्ने निर्णय गरिएको छ ।

प्रकोप फैलिएको पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक बसी खोप लगाउने र नियन्त्रणका योजना बनाइएको छ । जिल्लामा कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिका हैजा प्रभावित क्षेत्र रहेका छन् ।

ती पालिकाका एक वर्षदेखि माथिका सबै नागरिकलाई खोपको दायरामा ल्याई हैजा नियन्त्रण गर्न मङ्सिर ५ गतेदेखि यशोधरा गाउँपालिकाबाट खोप अभियान सुरु गरिने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए । अन्य चार पालिकामा मङ्सिर ७ गतेदेखि खोप सञ्चालन हुने बताइएको छ । आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेल र जानु पाण्डेले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ७ : २३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार