१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रेसुंगा सिंगारिँदै : साढे पाँच करोड बढीको गर्जुरा पार्क निर्माण हुने



गुल्मी । पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ । रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ । पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ । यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन् ।

गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले रेसुंगामा पर्यटकको संख्यामा वृद्धि भएको छ । भर्खरै रेसुंगाकै गर्जुरामा आकर्षक पर्यटकीय पार्कको शिलन्यास भएको छ । पाँच करोड ५९ लाख ५३ हजारको लागतमा तम्घास र रेसुंगाको बीचमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ निर्माण हुनेछ ।

तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण गरिने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने मरासिनीले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको हो । पार्क निर्माणको लागि नागरिक उडड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी छ । पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको नगरपालिकका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ साल फागुन ३० गते काम सम्पन्न गर्नुपर्नेछ ।

पार्कको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले शिलान्यास गरे । पार्क शिलान्यास गर्दै मेयर भुसालले आफूहरू निर्वाचित भएपछि प्राथमिकता दिएका कृषि, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताए । उनले मझेङ बृहत खानेपानीसहित, लिफ्ट र डिब बोरिङमार्फत नगरवासीको खानेपानी समस्या समाधानदेखि कृषकलाई अनुदान, उत्पादनको बजारीकरण, बिउ, मल र औजारमा सहुलितको काम गरिएको बताए । त्यस्तै पर्यटन विकासको लागि गर्जुरा पार्क, रेसुंगा, अर्जुन, उनायचौरसहित वडाहरूमा थुप्रै भौतिक संरचना निर्माणको काम गरिएको भुसालको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : २४ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,