२६ बैशाख २०८१, बुधबार | May 8, 2024

रेसुंगा सिंगारिँदै : साढे पाँच करोड बढीको गर्जुरा पार्क निर्माण हुने



गुल्मी । पछिल्लो समय रेसुंगा क्षेत्रको भौतिक विकासमा नयाँ आशा पलाएको छ । रेसुंगा पोखरीसम्मको सडक कालोपत्रेको काम भइरहेको छ । पोखरीदेखि यज्ञशाला हुँदै भ्यु टावरसम्म आधुनिक र आकर्षक सिँढी निर्माण गरिएको छ । यज्ञशाला, पोखरी र सानो रेसुंगामा थुप्रै महत्वपूर्ण संरचना निर्माण भएका छन् ।

गतवर्षदेखि पोखरी क्षेत्रमा संचालन भएको सुविधा सम्पन्न पौवा रिर्सोटले रेसुंगामा पर्यटकको संख्यामा वृद्धि भएको छ । भर्खरै रेसुंगाकै गर्जुरामा आकर्षक पर्यटकीय पार्कको शिलन्यास भएको छ । पाँच करोड ५९ लाख ५३ हजारको लागतमा तम्घास र रेसुंगाको बीचमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ निर्माण हुनेछ ।

तीन दशमलव ९६ हेक्टर क्षेत्रफलमा गर्जुरा पर्यटकीय पार्क निर्माण गरिने रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । पार्क क्षेत्रभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका प्ले जोन, पिकनिक स्पोर्ट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय र टिकट काउन्टर निर्माण गरिने मरासिनीले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको हो । पार्क निर्माणको लागि नागरिक उडड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी छ । पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लिजा जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको नगरपालिकका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए । सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ साल फागुन ३० गते काम सम्पन्न गर्नुपर्नेछ ।

पार्कको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले शिलान्यास गरे । पार्क शिलान्यास गर्दै मेयर भुसालले आफूहरू निर्वाचित भएपछि प्राथमिकता दिएका कृषि, पर्यटन र खानेपानीको क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल गरेको बताए । उनले मझेङ बृहत खानेपानीसहित, लिफ्ट र डिब बोरिङमार्फत नगरवासीको खानेपानी समस्या समाधानदेखि कृषकलाई अनुदान, उत्पादनको बजारीकरण, बिउ, मल र औजारमा सहुलितको काम गरिएको बताए । त्यस्तै पर्यटन विकासको लागि गर्जुरा पार्क, रेसुंगा, अर्जुन, उनायचौरसहित वडाहरूमा थुप्रै भौतिक संरचना निर्माणको काम गरिएको भुसालको भनाइ छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : २४ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार