२४ बैशाख २०८१, सोमबार | May 6, 2024

मैत्रीपूर्ण क्रिकेट : कतारलाई नेपालको मध्यम लक्ष्य



काठमाडौं । मैत्रीपूर्ण टी-ट्वान्टी क्रिकेट खेलमा नेपाली महिला टोलीले कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कतारको दोहामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।

१४७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन् । ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाइन् ।

यस्तै सीता राना मगरले ३९ रनको योगदान गरिन् भने सरिता मगरले २१ रन बनाइन् । नेपालकी कप्तान रुविना क्षेत्री भने २ बल खेल्दै शून्य रनमा आउट भइन् ।

यता, टस जितेर बलिङ रोजेको कतारको लागि एन्जिलिनी मारे र सविजा पनायनले समान १ विकेट लिए ।

विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी-ट्वान्टी शृंखला खेल्न लागेको हो । नेपाल र कतारबीचको यो पहिलो मैत्रीपूर्ण खेल हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : ०७ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र