२६ बैशाख २०८१, बुधबार | May 9, 2024

बुटवलको शैक्षिक पूर्वाधार विकासमा फड्को



बुटवल । बुटवलको शैक्षिक पूर्वाधार विकासले फड्को मारेको पाइएको छ । यहाँका सामुदायिक विद्यालयको पूर्वाधार विकास र शैक्षिक नतिजाका आधारमा मुलुकमै उत्कृष्ट नतिजा हासिल भएको उपमहानगरले दाबी गरेको छ ।

उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएयता डेढ दर्जन विद्यालयका भवन नयाँ निर्माण भएका छन् भने ति विद्यालयमा आधुनिक प्रयोगशाला, पुस्तकालय र शौचालय निर्माण भएका छन् ।

नहरपुर मावि भवनका लागि भारत सरकारको सहयोग

बुटवल उपमहानगरको नहरपुर माविमा बालमैत्री र भूकम्पप्रतिरोधी अर्को नयाँ भवन निर्माण हुनेभएको छ । भारत सरकार र बुटवल उपमहानगरको संयुक्त लगानीमा नयाँ भवन निर्माण हुन लागेको हो ।

२० कोठाको अत्याधुनिक भवनको निर्माणकार्यको बुधबार एक समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदी र भारतीय दुतावासका प्रमुख सचिव करुण बंसलले संयुक्त रुपमा सिलान्यास गरे । विद्यालयको भवन निर्माण सहयोगार्थ भारत सरकारले करिब साढे चार करोड रुपैयाँ प्रदान गरेको छ । भवनको अनुमानित लागत झण्डै पाँच करोड रहेको छ ।

विद्यालय भवन निर्माणका लागि आवश्यक पर्ने रकम उपलव्ध गराएर सहकार्य गरेको भन्दै बुटवल उपमहानगरपालिका प्रमुख सुवेदीले भारत सरकार, राजदूतावास र शिलान्यासमा आएका भारतीय अधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे । उक्त विद्यालयका लागि नयाँ भवन बनाउन भारत सरकारले दूतावासमार्फत चार करोड ४१ लाख ६६ हजार ९ सय ३४ रुपैयाँ उपलव्ध गराउने विषयमा गत वर्ष नै सम्झौता भई हस्ताक्षर भएको थियो ।

भवन शिलान्यासमा आएका भारतीय दुतावासका प्रमुख सचिव बंसलले नेपाल–भारत बीचको मित्रतालाई अझ दरिलो र प्रगाढ बनाउन आफुहरु सहकार्य गर्न तयार रहेको बताए । शैक्षिक पूर्वाधार विकासमा भएको सहकार्यलाई निरन्तरता दिदैं दुबै देशका बीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउन केन्द्रित रहने प्रतिवद्धता जनाए ।

नहरपुर माविका प्राचार्य धनेश्वर गौतमले दीर्घकालीन महत्व राख्ने खालको नयाँ भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाएर व्यवस्थित काम गरिएको बताए । विद्यालय भवन निर्माणका लागि सीएम सगुन जेभी बुटवलले तीन करोड २९ लाख २५ हजारमा ठेक्का लिएको छ । २०२७ साल मंसिर २७ गते स्थापना भएको उक्त विद्यालय तीन बिगाहा चार कट्ठा बराबरको क्षेत्रफलमा छ । यही विद्यालयमा अध्ययन गर्ने मजदुरका सन्तानलाई लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लीला गिरी र उपमहानगरका प्रमुख शिवराज सुवेदीले अभिभावकत्व समेत लिएर नियमित चासो राख्दै आएका छन ।

भवन शिलान्यास समारोहमा उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, जनप्रतिनिधिहरु, उपमहानगरका महाशाखा प्रमुखहरु, इन्जिनियरहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद पोखरेल, भारतीय दुतावासका इन्जिनियर सुयोग प्रधान, नागरिक अगुवा, अभिभावकहरुको सहभागिता थियो । कार्यक्रममा विद्यालयका योजनाका बारेमा प्रधानाध्यापक धनिश्वर गौतम र सञ्चालन शिक्षक बलराम न्यौपानेले गरेका थिए ।

बुटवलका सामुदायिक विद्यालय देशकै उत्कृष्ट

बुटवल उपमहानगरमा रहेका सामुदायिक विद्यालय मुलुकमै उत्कृष्ट मानिन्छन् । देशभरीका सामुदायिक विद्यालयको शैक्षिक मूल्यांकनमा बुटवलका विद्यालय उत्कृष्ट भएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट छनौट गरेका ९९६ सामुदायिक विद्यालयमा गरेको हालैको मूल्यांकनबाट यो उत्कृष्ट नतिजा हासिल भएको हो ।

त्यसमा नहरपुर मावि पनि उत्कृष्ट भएको छ । उपमहानगरका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले नयाँ शैक्षिक सत्रलाई अझ उपलब्धिमूलक बनाउन र हौसला कायम राख्नेगरी उपमहानगरले विशेष शिक्षा योजना बनाइरहेको बताए । बुटवलमा ३८ वटा सामुदायिक विद्यालय रहेका छन् । संस्थागत र सामुदायिक गरी करिब ६० हजार विद्यार्थी अध्यय्नरत रहेका छन् ।

डेढ दर्जन विद्यालयमा नयाँ भवन निर्माण

बुटवलमा जनप्रतिनिधि निर्वाचित भएयता करिब १७ वटा विद्यालयका नयाँ र व्यवस्थित भवन निर्माण भएका छन् । तीनै तहका सरकार, दातृ निकायको सहकार्यमा बुटवलको शैक्षिक पूर्वाधारमा महत्वपूर्ण काम भएका छन् । बुधबार शिलान्यास भएको नहरपुर माविको भवन नयाँ हो । नहरपुरमै यसअघि नयाँ भवन निर्माण भइ सञ्चालनमा आइसकेको छ ।

यसअवधिमा उजिरसिंह माविमा दुईवटा ‘ए’ र ‘बी’ ब्लक भवन निर्माण भएका छन् । यस्तै लक्ष्मी मावि, जनता मावि, नहरपुर मावि, कालिका मानवज्ञान मावि शैक्षिक तथा छात्राबास भवन निर्माण भएका छन् । यसैगरी नयांगांउ मावि, प्रगति मावि, जनशक्ति नमूना भिमप्रसाद प्रावि, ज्ञानोदय मावि तथा नविन औद्योगिक कदरबहादुर रीता मावि भवन तला थप साथै सभाहल भवन निर्माण भएको छ ।

बुटवलकै सरस्वती मावि भवन तला थप, भवानी मावि, मायादेवी जनजागृती आधारभूत विद्यालय भवन निर्माण भएका छन् । कालिका क्याम्पस भवन निर्माण, मोतिपुर मावि भवन निर्माण, सिद्धेश्वर लालकुमारी मावि भवन निर्माण सम्पन्न भएका छन् । यसैगरी नवरत्न मावि, नहरपुर मावि, सहिद स्मृती आधारभूत विद्यालय, कालिका मानवज्ञान मावि तथा सिद्धेश्वर लालकुमारी मावि र मोतीपुर माविका भवनमा ट्रस निर्माण गरिएको छ ।

मुलुकमै नमुना शैक्षिक कार्यक्रम

बुटवलको पाँच वर्षे नगर शिक्षा योजना २०७६/०७७-२०८०/०८१ निर्माण भई कार्यान्वयनमा रहेको छ । आधारभूत तह कक्षा ९१-८० को स्थानीय पाठ्यक्रम निर्माण र पाठ्यपुस्तक लेखन कार्य सम्पन्न गरी कार्यान्वयनमा ल्याइएको छ । ‘समृद्ध बुटवल, खुशी बुटवल बासी’ को उद्देश्य अनुरुप साकार बनाउन उद्यमशिल युवा जनशक्ति उत्पादनका लागि रोजगारमूलक शिक्षाको व्यवस्थापन गर्न सीप संग सम्बन्धित शैक्षिक संगोष्ठि सम्पन्न गरी अवधारणा पत्र तयार भएको छ ।

‘बुटवल उपमहानगर, गुणस्तरीय शिक्षामा समतामूलक अवसर’ भन्ने आदर्श वाक्य अनुरुप सबै विद्यालयमा समान गुणस्तरको शिक्षाको व्यवस्थापनका लागि ‘सिङ्गो बुटवल, एक विद्यालय’को अवधारणा पत्र तयार गरी कायान्वयनको प्रक्रियामा रहेको छ । बुटवल उपमहानगरपालिकामा ललितकला विषयको शिक्षाको व्यवस्थापनका लागि अध्ययन गरी अवधारणा पत्र तयारीका लागि अध्ययन कार्यदल गठन गरी कार्य भैरहेको छ ।

यस्ता छन् केही नयाँ कार्यक्रम

सबै सामुदायिक विद्यालयहरुमा रङरोगन तथा हरियाली पैवद्र्धन गरिने । बुटवल टेक्नीकल इन्स्टच्यूटमा इन्जिनियरिङ क्याम्पस सञ्चालन गर्ने । कालिका मानव ज्ञान माविमा भवन , कम्पाउण्ड वाल, गेट निर्माण, फर्निचर व्यवस्थापन कार्य गर्ने । निर्माणाधिन अवस्थामा रहेका सबै विद्यालय भवनहरुको निर्माण कार्य सम्पन्न गर्ने । सबै माविहरुमा विज्ञान प्रयोगशाला तथा कम्प्यूटर ल्याब स्थापना गर्ने । सबै विद्यालयहरुमा कम्पाउण्डवाल स्थापना गर्ने । आविस्कार केन्द्र स्थापना गर्ने र इ। पुस्तकालय निर्माण गर्नेलगायतका योजना स्वीकृत भएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १ : ३२ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s