१ कार्तिक २०८३, आइतबार | October 18, 2026

कपिलवस्तुमा हैजा विरुद्ध १० दिने खोप अभियान सञ्चालन गरिँदै



बुटवल । कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रणका लागि १० दिने खोप अभियान सञ्चालन गरिने भएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारवार कल्याण मन्त्रालयले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि १२ गतेसम्म १० दिन अभियानका रुपमा हैजा विरुद्धको खोप सञ्चालन गरिने जानकारी दिएको हो । मन्त्रालयले डब्लुएचओबाट प्रमाणित स्यानकोल नामक मुखबाट खुवाइने भ्याक्सिन दिईने निर्णय भएको जनाएको छ ।

कपिलवस्तुका कृष्णनगर, शिवराज, महाराजगन्ज, विजयनगर नगरपालिका र यशोधरा गाउँपालिकामा असोज १८ देखि फैलिएको झाडा पखालामा हैजाको जिवाणु भेटिएपछि शतर्कता अपनाइएको हो । हैजाबाट अहिलेसम्म १ हजार ४ सय ४९ जना संक्रमित भएका छन् । संक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उक्त खोप २ देखि ४ हप्ताको फरकमा २ मात्रा लगाउनुपर्ने छ । दुवै मात्रा पाएका व्यक्तिमा ७ देखि १० दिनबाट उक्त खोपले काम गर्न सक्ने बताइएको छ । कपिलवस्तुमा भने ३ हप्ताको फरकमा मंसिर २६ देखि पुस ४ सम्म दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने मन्त्रालयको तयारी छ ।

कपिलवस्तुमा हैजा फैलिएका पाँचवटै स्थानीय तहका एक वर्षमाथिका सबै व्यक्तिलाई खोप लगाइने मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए ।

कपिलवस्तुमा असोज १८ देखि हैजा फैलिएको थियो । असोज २२ मा परीक्षणमार्फत् उक्त झाडापखला हैजा हो भन्ने प्रमाणित भएको र पानीको स्रोत फोहोर भएका कारण हैजा फैलिएको अनुमान गरिएको थियो ।

मन्त्रालयका स्वास्थ्य अधिकृत शैलेन्द्र पाण्डेले कपिलवस्तुमा पानी शुद्ध गर्न क्लोरीन ट्याबलेट वितरण, थप स्वास्थ्यकर्मी परिचालन र व्यक्तिगत सरसफाईका लागि चेतनामूलक कार्यक्रम संचालन गरिएको बताए । कपिलवस्तुमा जस्तै प्रकृतिको हैजा केहिवर्ष पहिले नेपालगन्जमा फैलँदा समेत यही बिधि अपनाएर नियन्त्रणमा लिइएको मन्त्रालयले स्मरण गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ०६ बजे

यसवर्षको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान कार्यक्रम नहुने

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान

फ्रान्समा हिंसात्मक प्रदर्शन, ऐतिहासिक नगर भवनमा आगजनी, १,२०० भन्दा बढी पक्राउ

काठमाडौं। फ्रान्समा बढ्दो महँगी, जीवनयापनको लागत, विद्यालयको कमजोर अवस्था र

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बुटवल । लुम्बिनी विकास कोषमा लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं । नवरात्रको आठौँ दिन आज काठमाडौं उपत्यकालगायत देशका विभिन्न

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमा, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौं । बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर