१२ पुस २०८२, शनिबार | December 27, 2025

गुरुनानकको अनुशरण गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुनानकले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र लोककल्याणका लागि सबै धर्मका बीचमा सद्भाव कायम राख्न गरेको मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन् ।

सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

साथै, राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

‘हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीद्वारा आस्था र भक्तिभावका साथ पवित्रस्थल ‘गुरुद्वारा’मा भेला भई पूजाअर्चना, भजन, कीर्तनका साथै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । यस अवसरमा पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को वाचनका साथै सबैका लागि विनाभेदभाव निःशुल्क सामूहिक भोजन गर्ने‘लङ्गर परम्परा’ छ ।

यस्तो परम्पराबाट समाजमा विद्यमान विविध प्रकारका भेदभावको अन्त्य गर्दै आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्न मद्दत पुग्नेसमेत देखिन्छ’, सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ३० बजे

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज निर्वाचन केन्द्रित छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।