२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

प्रधानमन्त्री देउवाद्वारा गुरु नानक जयन्तीको शुभकामना व्यक्त



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सिख धर्मावलम्बीको विशेष पर्व गुरु नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सिख धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

गुरु नानक जयन्तीका अवसरमा उनले शुभकामना सन्देश जारी गरी सिख धर्मावलम्बीले पवित्रस्थल ‘गुरुद्वारा’मा पूजाअर्चाना, भजनकीर्तनका साथ विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने यस जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गरेका छन् ।

उनले गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले समाजमा देखिने विविध प्रकारका विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने सरकारको प्रयासमा थप बल पुर्‍याउन गुरुनानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ७ : ५९ बजे

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना

मेचीनगरमा ‘डायलासिस’ सेवा लिने बिरामी उच्च

झापा । मेचीनगर नगरपालिकामा डायलासिस उपचार गराइरहेका मिर्गौलाका बिरामीको सङ्ख्या

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै