९ चैत्र २०८२, सोमबार | March 23, 2026

गुणस्तरिय आयुर्वेदिक औषधी उत्पादनमा सरोकारवालाहरुको जोड



बुटवल । आयुर्वेदिक औषधीको माग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनु पर्ने सरोकारवालाहरुले जोड दिएका छन । कोभिड १९ पछि आयुर्वेदिक औषधीको माग बढ्दै गएको र गुणस्तरिय उत्पादनमा जोड दिन आवश्यकता रहेको उनिहरुले बताएका छन ।

आयुर्वेक तथा बैकल्पिक चिकित्सक विभाग टेकुले २ दिनसम्म रुपन्देहीमा आयोजना गरेको गुणस्तरिय जडिबुटी भण्डार सम्बन्धी सरोकारवालासँग छलफल गोष्ठी कार्यक्रममा बोल्ने बक्ताहरुले आयुर्वेद औषधी उत्पादन गर्ने उद्योगको संख्या बढ्दै जाँदा गुणस्तरिय उत्पादनमा जोड दिनु पर्ने बताएका हुन ।

विभागका औषधी ब्यवस्थापन तथा अनुसन्धान महाशाखाका प्रमुख डा. सन्तोष कुमार ठाकुरले कोरोना महामारी सुरु भएपछि आयुर्वेद औषधीको माग बढ्दै गएको र गुणस्तीय उत्पादनमा जोड दिनको लागि गोष्ठीको आयोजना गरेको जानकारी दिए । गुणस्तरिय औषधी उत्पादनको लागि जडिबुटीको संकलन, भण्डारण र प्रशोधनका विषयम उद्योगी तथा ब्यवसायीसँग छलफल गरिएको उँहाले बताए । डाक्टर ठाकुरले आयुर्वेद औषधीको गुणस्तरियता कायम गर्नको लागि औषधी उत्पादन गर्ने उद्योगी र ब्यवसायी सचेत हुनु पर्नेमा जोड दिए ।

नेपाल आयुर्वेद औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनालले बैदिक ग्रन्थबाट आयुर्वेदिक औषधीको सुरुवात भएकाले अहिले यसको महत्वको लागि ब्यापाक अनुसन्धानको आवश्यकता रहेकोमा जोड दिए । आयुर्वेदिक औषधका विषयमा धर्मग्रन्थमा उल्लेख भएको र अहिले बैज्ञानिक तरिकाले उत्पादन तथा विरतणको लागि अनुसन्धानको आवश्यकता रहेको बताए । यस्तै नेपाल आयुर्वेद औषधी उत्पादक संघका महासचिब सुमन पाण्डेयले मौलिक चिकित्सक प्रणाली रहेको आयुर्वेदक औषधीलाई गुणस्तरमा ध्यान दिनको लागि गोष्ठी महत्वपूर्ण सावित भएको दाबी गरे ।

औषधी उत्पादन गर्ने उद्योग तथा ब्यवसायी बढ्दै जाँदा यसको अनुसन्धानज र गुणस्तरिय उत्पादनमा ध्यान दिन आवश्यकता रहेको बताए । आयुर्वेक तथा बैकल्पिक चिकित्सक विभाग टेकुका डाक्टर पुन्यश्वोर केशरीले गोष्ठीमा २० उद्योगी र १० ब्यवासयीको सहभागिता रहेको जानकारी दिए । कार्यक्रममा आयुर्वेद विज्ञले ६ वटा कार्यपत्र प्रस्तुत गरेका थिए । उनिहरुले आयुर्वेद औषधीको अनुसन्धान र उत्पादनमा कसरी गुणस्तरियता कायम गर्ने सकिन्छ भन्ने विषयमा कार्यपत्रबाट जानकारी दिएका थिए । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य परिवार कल्याण तथा जनसंख्या राज्यमन्त्री बिमला कुमारी वलीले उद्घाटन गरेकी थिइन ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : १५ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा