६ पुस २०८२, आइतबार | December 21, 2025

बुटवलमा सामुहिक ईही तथा क्यता पुजाको २० औं श्रृङ्खला



बुटवल । नेवा पुचः नेवा समाज विकास परिषद बुटवलको आयोजनामा शनिबारदेखि सामुहिक ईहि यज्ञ (बेल बिबाह) तथा क्यता पुजा (ब्रतबन्ध) शुरु भएको छ। एृही तथा क्यता पुजाको सन्दर्भमा नेवा पुचःको परिसरबाट शुरु भएको कन्या तथा बटुकहरु सहितकाे रयाली कालिका मन्दिरमा आएर औपचारिक रुपमा यज्ञ शुरु भएको थियो।

नेवारी संस्कार संस्कृतिको जगेर्नाका लागि परिषदबाट सामुहिक ईही यज्ञ हुँदै आएको छ। सामुहिक ईही यज्ञबाट कन्याको खर्च कटौती हुनुको साथै नेवारी पण्डित मार्फत विधिवत सिकाईने गरिएको नेवा पुचःका अध्यक्ष काजीमान श्रेष्ठले बताए। मंसिर ४ र ५ दुई दिन हुने कार्यक्रममा नेवारी पंडित हरिशरण राज उपाध्यायले विधिपुर्वक यज्ञ सम्पन्न गराउने उनले बताए। बिसं २०५६ स्थापना भएर परिषदबाट २०५८ सालदेखि नियमित ईही र क्यता पुजा गरिदै आएको छ।

सामान्यतया घरमै यी पुजाहरु गर्दा एउटा कन्याको ६ हजार लाग्ने भएपनि समुहका गर्दा करीब ३ हजार ५ सय रुपैया भन्दा बढि खर्च नहुने आयोजकले जनाएका छन् ।

दुई दिन चल्ने कार्यक्रममा साधारण, नौ कन्या, पञ्च कन्या र मुल कन्या गरि ४९ कन्याको ईही यज्ञ र ९ जना बालकको क्यता पुजा हुने संयोजक लक्ष्मी श्रेष्ठले बताईन।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ३ : ४९ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा