५ पुस २०८२, शनिबार | December 20, 2025

जयपृथ्वी राजमार्ग एक महिनापछि खुल्यो



बझाङ । गएको कात्तिकमा परेको भारी वर्षासँगैको बाढी, पहिराका कारण अवरुद्ध बझाङ सदरमुकाम चैनपुर जोड्ने जयपृथ्वी राजमार्ग एक महिनापछि सञ्चालनमा आएको छ ।

जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै शनिबारदेखि राजमार्ग सञ्चालनमा आएको हो ।

बाढीपहिराका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा र जालेबगरमा सेती नदीले सडक बगाई सडक भएको ठाउँमा नदी बग्न थालेपछि वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा आएको हो ।

राजमार्गअन्तर्गत केदारस्युँ गाउँपालिकाको नारुगौडामा वैकल्पिक बाटो खोली मालवाहक ट्रक र यात्रुवाहक बसबाहेकका साना यातायातका साधन वारपार गर्न सक्ने बनाइएको भए पनि पूर्णरूपमा भने निर्माण गरिएको छैन ।

यस्तै जालेबगरमा सडक भएको ठाउँमा नदी बग्न थालेपछि नदीलाई डाइभर्ट गरेर अस्थायी रूपमा वैकल्पिक सडक बनाइएको छ ।

बाढीपहिरो भएको एक महिनासम्म पनि सडक नखुलेपछि स्थानीयवासी आक्रोशित थिए । सडक सञ्चालन हुन नसक्दा दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन थालेको छ भने ठूला विकास निर्माणका कामसमेत प्रभावित बनेका छन् । बजारमा महँगी बढेको छ भने व्यापारीले समेत कृत्रिम अभाव सिर्जना गरेको स्थानीयवासीको आरोप छ । रासस

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ७ : ३५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ