२२ बैशाख २०८१, शनिबार | May 4, 2024

विश्व मत्स्य दिवसको अवसरमा तिनाउमा एक लाख माछाका भुरा छाडियो



बुटवल । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले तिनाउ नदिमा १ लाखा माछाका भुरा छाडेका छन् । जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ खोलामा एक लाख माछा छोडेर विश्व मत्स्य दिवस मनाइएको हो ।

लुम्बिनी प्रदेशका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले माछाका भुरा तिनाउ खोलामा छोडेर कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । जलीय जीव र जलचरको जीवन चक्रमा समस्या निम्त्याएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेज आलमले बताए । माछाको आहार बनाउन र उसलाई हुर्किन रासायनिक फोहोरले असर गरेको उनले बताए ।

माछा प्रशस्त भएको पानी मलिलो हुने हुँदा सिचाँईकालागि उपयुक्त मानिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रुपन्देहीका प्रमुख दिपक भुसालले बताए ।

वातावरणलाई असर गर्ने कुनै पनि क्रियाकलाप गर्न ऐनले लगाएको रोक कार्यान्वयन हुन नसकेको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका पशुपन्छी विकास महाशाखा प्रमुख तुल्सीराम भण्डारीले बताए ।

अब प्रदेश सरकारले अन्य मन्त्रालयहरुको सहकार्यमा चाँडै वातावरण सम्बन्धि कार्यविधि बनाएर खोला दूषित हुनबाट रोक्ने बताए । खोला नालामा जथाभावी रासायनिक फोहोर मिसाउँदा त्यसको असर सबै मानव प्राणीले समेत व्यहोर्नूपर्ने मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन स्रोत केन्द्रका प्रमुख महेश चन्द गुप्तले बताए ।

हरेक वर्ष खोलाहरुमा माछाका भुरा छोड्ने गरेको मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए । कार्यक्रममा भैरहवामा रहेको मत्स्य शुद्ध नस्ल सुधार केन्द्रबाट सुरुवात भएको ¥याली बुटवल र तिलोत्तमाको संगम मगरघाट किनारामा माछाको भुरा छाडेर सामापन गरिएको थियो ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : १३ बजे

डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज

नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं खेल आज हुँदै

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको पाँचौं तथा

मुम्बईमाथि कोलकोता २४ रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले

आजको मौसम : कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन