बुटवल । तिनाउ गाउँपालिका–३ स्थित तिनाउ नदीको ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएको छ। बेपत्ता हुनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय युवक सोएब अन्सारी रहेका छन् ।
प्रहरीका अनुसार आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका अन्सारी सहितको टोली तिनाउको ड्यामसाईडमा पौडी खेल्न पुगेको र पौडी खेल्ने क्रममा अन्सारी ड्यामको रहमा डुबेर बेपत्ता भएका थिए।
डुबेका अन्सारी यो समाचार तयार पार्दा सम्म फेला परेको छैन । बेपत्ता अन्सारीको खोजी कार्य जारी रहेको प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले बताए । खोलामा पानीको बहाव बढेकाले खोजतलासमा कठिनाइ भइरहेको उनले जनाए।
प्रतिक्रिया