११ श्रावण २०८३, सोमबार | July 28, 2026

कांग्रेस महाधिवेशन : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन



काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज सोमबार सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ । १४ हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । कांग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : २१ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला