२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

बैतडी जीप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो, चालकको पनि मृत्यु



बैतडी । बैतडीमा जन्ती बोकेको जिी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जीप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनको शव धनगढीस्थित सेती प्रादेशिक अस्पताल राखिएको छ ।

जीपमा सवारमध्ये पाँच जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको घटनास्थलमै मृत्यु भएको प्रवक्ता खड्काले बताए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि धनगढी लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : १२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२