११ श्रावण २०८३, सोमबार | July 28, 2026

बुटवलका सागरले बनाए ब्याक गियरसहितको विद्युतीय मोटरसाइकल



बुटवल । नवीन औद्योगिक कदरबहादुर रिता माबिमा कक्षा १२ मा अध्ययरत विद्यार्थी सागर पोख्रेलले निर्माण गरेको ब्याक गियर सहितको ईलेक्ट्रो एमएएसबी विद्युतीय मोटरसाइकल प्रदर्शन गरिएको छ ।

सोमबार विद्यालय परिसरमा मोटरसाईकलको परीक्षण गरिनुको साथै प्रतिभावान विद्यार्थी पोख्रेललाई विद्यालय ब्यवस्थापन समितिले नगद ५१ हजार रुपैयाँबाट सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले पोख्रेललाई चेक हस्तान्तरण गर्दै सामुदायिक विद्यालय गुणस्तर र क्षमतामा कम नभएको यो एउटा उदाहरण भएको बताईन। शिक्षा र स्वस्थ्यलाई पहिलो प्राथमिकता दिएर नगरभित्रका विद्यालयहरुमा सहयोग गर्दै आएको उनले बताईन ।

अर्घाखाँची सन्धिखर्क नगरपालिका १ मा स्थायी घर भएका सागरले करीब १ लाख १० हजार रुपैया खर्चमा मोटरसाइकल तयार गरेको बताए । हजुरबुबा मोतिलाल पोख्रेल, बुबा अनन्तमणि पोख्रेल, सागर पोख्रेल, आमा भगवता पोख्रेलको पहिलो अक्षरबाट एमएएसबी नामाकरण गरेको उनले बताए ।

मोटरसाइकलमा ब्याट्री लिड एसिड प्रयोग भएको छ । करीब ४८ भोल्ट डिसि पावरको छ । हाल १ सय किलोमिटर सम्म दुरी हिड्न सक्छ भने पिक अप ४० किलोमिटर प्रतिघण्टा दौडिनसक्छ । यसअघि रोबर्ट, एकेसाभेटर, फ्रिज, फोटोकपि मेसिनहरु समेत बनाएको उनले बताए । विभिन्न मोटरसाईकलका हेडलाईट, टेललाईट, स्प्रिङ लगायत प्रयोग गरि ७ सय ५० वाटको ईलेक्ट्रिक मोटर प्रयोग भएको छ ।

उनी पढाईमा समेत अब्बल रहेको विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले बताए ।
कार्यक्रममा वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, बुटवल नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, विद्यालय ब्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकालले शुभकामना दिए ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ३ : ०७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला