५ श्रावण २०८३, मंगलबार | July 21, 2026

रुकुम (पूर्व) मा कोरोना परीक्षणमा समस्या



रुकुम । रुकुम (पूर्व) मा कोभिड– १९ को परीक्षणका लागि -यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव भएको छ । किट पर्याप्त नहुँदा कोरोना परीक्षण दुई सातादेखि रोकिएको छ ।

किट अभावकै कारण जिल्लामा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको छ । हालसम्म भारतलगायत अन्य मुलुकबाट १६२ नागरिक भित्रिएका छन् । देशका विभिन्न जिल्लाबाट भने एक हजारभन्दा बढी नागरिक भित्रिएका छन् । भित्रिने मानिसको संख्या धेरै भएपछि परीक्षण किट नहुँदा समस्या भएको हो ।

हालसम्म प्रदेश सरकारले कोरोना परीक्षणका लागि १६० मात्रै किट पठाएको छ । ती किटले विदेशबाट आएका १२९ जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो ।

यहाँका तीनै गाउँपालिकामा कोरोना परीक्षण गरिएको थियो । सिस्ने गाउँपालिकाका १०३, भूमे गाउँपालिकाका १८ र पुथाउत्तरगंगा गाउँपालिकाका आठ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमध्ये चार कैदी हुन् । बाँकीको किट अभावकै कारण कोरोना जाँच हुन सकेको छैन ।

हाल जिल्लामा २९ किट बाँकी छन् । ती किटले तत्काल कोही सम्भावित संक्रमित भेटिएमा परीक्षण गर्ने बताइएको छ । किट उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको प्रमुख शर्माले बताउनुभयो ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : २२ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ